Header Ads

यस्तो रहेछ सत्तापक्ष र विपक्षी मोर्चाको आआफ्नै तयारी

काठमाडौ, चैत १७ । प्रमुख दलहरुबीच केही समययता चलेको औपचारिक–अनौपचारिक संवादको ढोका तत्कालका लागि करिब–करिब बन्द भएको छ । सत्तारुढ दल संविधानसभाबाट प्रक्रिया अगाडि बढाउन र विपक्षी दलहरु आन्दोलनको तयारीमा लागेका छन् ।

सत्तारुढ दल र विपक्षीका तर्फबाट आएका आ–आफ्ना अडान र गतिविधिले औपचारिक वार्ताको ढोका बन्द हुने अवस्थामा पुगेको छ । दुवै पक्षले वार्ताका लागि सर्त अगाडि सारेका छन् । सत्तारुढ दलले आन्दोलन फिर्ता लिनुपर्ने बताएका छन् ।

एमाओवादी नेतृत्वको ३० दलीय विपक्षी मोर्चाले भने नयाँ प्रस्ताव र सहमतिका आधारमा अगाडि बढ्ने प्रतिवद्दता माग गरेको छ । सत्तारुढ दलहरुले वार्तालाई विपक्षीले आन्दोलन विकासमा उपयोग गरेको आरोप लगाएका छन् ।

विपक्षीले भने सत्तारुढ दलहरुले वार्तालाई आन्दोलन तुहाउने हतियारका रुपमा प्रयोग गरेको निष्कर्ष निकालेका छन् । दुवै पक्षको आ–आफ्नो बुझाइले वार्ता नै नहुने अवस्था सिर्जना भएको छ ।
Powered by Blogger.