Header Ads

हेटौंडामा दिनभर गैंडाआतंक

चितवन,चैत १७ । चितवन राष्ट्रिय निकुञ्जबाट आएको एकसिंगे गैडाले सोमबारदिनभर हेटौंडामा आतंक मञ्चायो ।

बिहान ५ बजे मकवानपुर प्रवेश गरेको गैंडाले हेटौंडा ६ मा एक वृद्दको ज्यान लिएपछि दिनभर बजार क्षेत्र त्रसित बन्यो । दिनभरको लुकामारीपछि साँझ साढे ६ बजे मात्र नेपाली सेना,वन रक्षक र प्रहरीको टोलीले गैंडालाई चितवनतर्फ पठाउन सफल भएको थियो ।

हेटौंडा –९,पशुपतिनगरबाट बस्तीमा प्रवेश गरेको गैंडा सानोपोखराबाट कान्तिराजपथ हुँदै मुख्य बजार क्षेत्रमा आइपुगेको थियो ।

मुख्य बजारमा गैंडा आएपछि सवारीसाधन र सर्वसाधारणको आवतजावतमा समस्या परेको थियो भने गैंडाले आक्रमण गर्ने डरले सर्वसाधारण काम नै छाडेर घरतर्फ फर्किएका थिए ,आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
Powered by Blogger.