सुटिङमा छालाको एलर्जी भएपछि थला परिन् सनी लियोन
एजेन्सी । एडल्ट चलचित्रबाट बलिउड चलचित्र उद्योगमा प्रवेश गरेकी सनी लियोनले निकै छोटो समयमा सफलताको झण्डा गाडेकी छन् ।
जिस्म–२, ज्याकपट र रागिनी एमएमएस–२ बाट चर्चाको शिखर चढेकी सनी लियोन अहिले राजस्थानमा बबी खानको चलचित्र ‘एक पहेली लीला’ को सुटिङमा व्यस्त छन् ।

सोही चलचित्रको सुटिङका क्रममा उनी अहिले थला परेको खबर छ । सनी लियोन जसरी पनि आफ्नो सुटिङ पूरा गरे पनि पछि चेकअपका क्रममा उनको छालामा इन्फेक्सन भएको चिकित्सकहरुले बताएका छन् । मरुभूमिमा सूट हुने एउटा दृष्यमा उनी घाँसबाट पोखरीको पानीसम्म आउनुपर्ने थियो ।

तर, त्यसबाट उनलाई एलर्जी भयो र पुरै शरीरमा फैलियो । लगत्तै तत्काल एक जना चिकित्सक बोलाएर चलचित्रको सेटमै उनको चेकअप गरियो । केही घण्टाका लागि सुटिङसमेत रोकियो । तर सनीले समय नष्ट नगरी सुटिङ पूरा गरिन् । एक पहेली लीला आगामी १० अप्रिल २०१५ मा रिलिने हुने तय भएको छ। -एजेन्सीको सहयोगमा

