Header Ads

सातामा सात बलात्कार ! वीरगन्जमा फेरि अर्की कोशोरी बलात्कृत

काठमाडौं, चैत १ । मोरङ, पथरीकी १३ वर्षीया बालिका सोमबार घुमफिर गर्न बस चढेर विराटनगर आइन् । सहचालक पथरीकै रुपेश राईले बसपार्कमा ओर्लनेबित्तिकै उनीमाथि आँखा लगायो । उसले ती बालिकालाई सँगै चिया पिउन कर गर्यो र फकाएर विराटनगर –१५ स्थित साथी सचिन सुब्बाको डेरामा पुर्यायो ।

 बालिकालाई त्यही दुवैले जबरजस्ती करणी गरे । बालिका चिच्याएको सुनेर छिमेकीले प्रहरीलाई खबर गरे ,प्रहरीले तत्कालै बालिकाको उद्दार गर्यो । सचिव र रुपेश पक्राउ परे । मोरङ प्रहरी प्रवक्ता डिएसपी प्रभुप्रसाद ढकालका अनुसार ती दुवैमाथि जबर्जस्ती करणी मुद्दा चलाइने तयारी छ ।

 पूर्वाञ्चलका मोरङ,झापा,संखुवासभा र तेह्रथुममा यही साता मात्र बलात्कारका सात घटना भएका छन् । ६ घटनाका आरोपीलाई प्रहीले नियन्त्रणमा लिएको छ । संखुवासभामा एउटी बालिकामाथि सामूहिक बलात्कारमा संलग्नको पहिचान भए पनि उनीहरु पक्राउ परेका छैनन् । बलात्कृत सातमध्ये दुई जना आफ्नै बुबाको सिकार भएका छन् । उता,वीरगन्जमा अर्की एक किशोरी बलात्कृत भएको खबर छ ।

छप्कैयास्थित आफ्नै डेरामा १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । शनिबार झिसमिसेमै आफूलाई जबरजस्ती काठाभित्र तानेर बलात्कार गरेको किशोरीले बताएपछि प्रहरीले २८ वर्षीय सञ्जित कर्णलाई पक्राउ गरेको हो । आजको नागरिक दैनिकमा खबर छ ।
Powered by Blogger.