Header Ads

यसरी कुरा मिलेपछि सातौं दिनमा पूजा साहको अन्त्येष्टि गरियो

वीरगन्ज । बलात्कारपछि ज्यान गुमाएकी सात वर्षिया बालिका पूजा साहको शनिबार बेलुकी अन्त्येष्टि गरिएको छ। मृत्यु भएको सात दिनपछि पूजाको अन्त्येष्टि गरिएको हो। कलैया नजिकैको टेंगरहर खोलाको शम्शान घाटमा पूजा साहको हिन्दु वैदिक परम्परा अनुसार अन्त्येष्टि गरिएको हो। पूजाको शव यात्रामा बेटी बचाउ संघर्ष समितिका सदस्य ,राजनीतिक दलका स्थानीय नेता , कार्यकर्ता ,अधिकारकर्मी , युवा , विद्यार्थी , व्यापारी ,नगरवासीसहित सयौं सहभागी भएका थिए।बेटी बचाउ संघर्ष समिति र स्थानीय प्रशासन बिच शनिवार साँझ भएको वार्तामा ६ बुँदे सहमति भएपछि भरत चोकबाट पूजाको शव उठाइएको थियो। सहमतिसंगै कलैयामा मंगलबार देखि आन्दोलन गर्दै आएको संघर्ष समितिले शनिबार साँझ देखि आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ ।

संघर्ष समितिको आन्दोलन फिर्तासंगै बुधबार देखि बन्द रहेको कलैया बजार पनि शनिबार साँझ देखि खुलेको छ। शनिवार साँझ भएको वार्तामा बलात्कार पछि ज्यान गुमाएकी बालिका पुजा साहको हत्यारालाइ विद्यमान कानुन अनुसार हदै सम्मको कार्वाही गर्ने , पिडित परिवारलाइ क्षतिपुर्ति बापत १० लाख रुपैया उपलब्ध गराउन सरकारलाइ सिफारिस गर्ने , बारा उद्योग वाणिज्य संघको पहलमा कलैया नगर क्षेत्रमा तत्काल सिसि टिभी क्यामेरा जडान गर्ने , कलैयामा भएका बलात्कार र हत्याका घटनाहरुको सुक्ष्म अनुसन्धान गर्ने , हत्या गरिएका बालक आशीष गुप्ताको हत्यारालाई पक्राउ गरि सार्वजनिक गर्ने , कलैया नगर क्षेत्रको शान्ति सुरक्षा कडा पार्ने सहमति भएको वार्तामा सहभागी संघर्ष समितिका सचिव मुकेश साहले बताए।
वार्तामा सहभागी बाराका प्रहरी उपरिक्षक लोकेन्द्र बहादुर मल्लले भने बलात्कारीलाइ मृत्यु दण्डको सजाय र गृहमन्त्रीको राजीनामा बाहेक संघर्ष समितिले राखेका अरु सबै माग गृहमन्त्रालयमा सिफारिस गर्ने सहमति भएको जानकारी दिए। जिल्ला प्रशासन कार्यालयमा भएको वार्तामा संघर्ष समितिका तर्फबाट संयोजक एंव पुर्वसभासद प्रमोद गुप्ता , सचिव मुकेश साह , एकीकृत नेकपा माओवादीका नेता धुरी साह ,बारा उद्योग वाणिज्य संघका अध्यक्ष विनोद साह सहभागी थिए ।

यस्तै स्थानीय प्रशासनको तर्फबाट प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थी , नारायणी अन्चल प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरिक्षक मनोज न्यौपाने, बाराका प्रहरी उपरिक्षक लोकेन्द्र बहादुर मल्ल र सशस्त्र प्रहरी उपरिक्षक भेष बहादुर साहको सहभागीता थियो। यसअघि बलत्कारीलाइ मृत्यु दण्डकै सजाय कानुनमा उल्लेख हुनु पर्ने अडान राख्दै बेटी बचाउ संघर्ष समितिले बालिका पूजा साहको शव कलैयाको भरत चोकमा राखेर मंगलबार देखि नै प्रदर्शन र धर्ना दिदै आएको थियो । संघर्ष समितिको आह्वानमा कलैया बजार बुधबार देखि बन्द रहेको थियो । कलैया मदर्शा टोलकी सात वर्षिया बालिका पूजा साह फागुन ९ गते बिहान बलात्कृत अवस्थामा फेला परेकी थिइन् । उनको वीरगन्जमा उपचार हुन नसकेपछि थप उपचारका लागि दुइ हप्ता अघि हेलिकप्टरबाट काठमाण्डौ लगिएको थियो ।

काठमाण्डौको कान्तिबाल अस्पतालमा उपचारका क्रममा पूजाको गत आइतबार मृत्यु भएको थियो । बालिका पूजाको बलात्कारमा संलग्न रहेको आरोपमा प्रहरीले फागुन १० गते नै कलैया ४ निवासी २८ बर्षिया कन्हाई गुप्तालाइ पक्राउ गरिसकेको छ । दलहरुबीच विषयगत रुपमा पनि नयाँ सहमति हुनसक्ने भनिए पनि दलहरु पुरानै अडानमा अल्झिएका थिए। सामूहिक छलफलका लागि सहज वातावरण बनाउन शुक्रबार चार पक्षबीच दुईपक्षीय छलफल भएको थियो। बालुवाटारमा कांग्रेस र मधेसी मोर्चाबीच वार्ता भएको थियो भने एमाले अध्यक्ष केपी ओली निवास बालकोटमा एमाले र एमाओवादीबीच वार्ता भएको थियो।

 विपक्षी मोर्चाको घेराउ तथा नाराबाजीबीच माघ ११ मा प्रश्नावली समिति गठन भएपछिको झन्डै डेढ महिना लामो संवादहिनता अन्त्य भएर दलहरुबीच संवाद सुरु भए पनि विषयगत रुपमा अझै पनि गम्भीर छलफल र समझदारी हुन सकेको छैन।खासगरी संघीयता र शासकीय स्वरुपमा दलहरुबीच चर्को विवाद देखिएको छ। दलहरुबीच संविधान लेखनका विषय तथा प्रक्रियामा सहमति हुन नसक्दा संविधानसभाको बैठक अनिश्चित भएको छ। माघ ८ पछि संविधान लेखनका विवादमा विषयगत रुपमा गम्‍भीर छलफल भएको छैन।
Powered by Blogger.