Header Ads

अमेरिकामा के गर्दैछिन् अभिनेत्री ऋचा घिमिरे ?

काठमाडौं । अभिनेत्री ऋचा घिमिरे पति शंकर र छोरा मिजासका साथ अमेरिका पसेको १४ महिना भयो । आफूहरुले निर्माण गरेको तुलसी फिल्मको विशेष सोका लागि सपरिवार क्यानडा पुगेका घिमिरे दम्पती तीन महिना क्यानडा बसे ।

त्यहाँ फिल्म देखाउने क्रममा अमेरिकाबाट ‘डिमान्ड’ आएकाले आफूहरु अमेरिका उडेको ऋचाले बताइन् । ‘खासमा हामी तुलसीको सोका लागि सपरिवार क्यानडा आएका थियौं, ।

त्यहाँ फिल्म सो हुँदै गर्दा अमेरिकाबाट पनि फिल्म सोका लागि प्रस्ताव आयो । अनि हामी क्यानडाबाटै अमेरिका उडेका हौं’,अमेरिकाको बाल्टिमोरमा रहेकी ऋचाले आफूहरुको विदेश पलायनबारे फेसबुक कलमा भनिन्,‘नेपालमा पनि हाम्रो स्थिति राम्रै थियो ।

फिल्म बनाइरहेका थियौं । परिवार राम्ररी चलेको थियो । तर,केही समय क्यानडामा फिल्म शो गर्ने भनेका हामीलाई समयले अमेरिका पुर्यायो ।’ क्यानडा हुँदै अमेरिका पुगेकी ऋचा त्यहाँ आफूहरु निकै खुसी रहेको बताउँछिन् ।

‘यहाँ हामी एकदमै खुसी छौं,’ उनले भनिन्,‘मैले यहाँ पनि आर्ट लाइनकै काम गरिरहेको छु ।’ऋचा त्यहाँ हुने विभिन्न सांस्कृतिक कार्यक्रममा सहभागी हुने गर्छिन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
Powered by Blogger.