तीन सय नेपाली मलेसियाको एयरपोर्टमा तीन दिनदेखि भोकभोकै
काठमाडौं, फागुन २३ । क्वालालाम्पुर (मलेसिया) । विदेशमा काम गरेर पैसा कमाउने अनि आफू र परिवारको जीवनमा परिवर्तन ल्याउने सपना देखेर मलेसिया आएका रोल्पा, गौरीगाउँ ६ का एसपाल घर्तीमगर बुधबार निकै उत्साही थिए। उनी त्यही साँझ ६ः३० को फ्लाइटमा स्वदेश फर्किंदै थिए।
कतिखेर घर पुगौंला र परिवरासँग दुःखसुख साटौंला भन्ने कौतुहल लिएर एसपाल क्वालालम्पुरस्थित केएलआई टु इन्टरनेशनल एयरपोर्ट पुगे।उनले जब प्लाइट चार्ट हेरे, एकैचोटी छाँगाबाट खसेजस्तो भए।
राजधानी काठमाडौंमा त्यही दिन बिहान टर्किस एयरलाइन्सको जहाज दुर्घटना भई त्रिभुवन अन्तरार्ष्ट्रिय विमानस्थल बन्द हुँदा एसपालको त्यो दिनको फ्लाइट रद्द भएको रहेछ। पकेट खर्च ५० रिङ्गेट मात्र आफूसित राखेर सबै पैसा नेपाल पठाइसकेकका उनी यतिखेर एयरपोर्टमा भोकभोकै फ्लाइट कुरिरहेका छन्। ‘घर जाने भनेर सबै पैसा नेपाल पठाइसकेको थिएँ, मसँग ५० रिङ्गेट थियो। पहिलो दिनको खाना खाँदै सकियो’, उनले शुक्रबार भने, ‘बिहीबारदेखि भोकै छु।’

एसपालका अनुसार एयरपोर्टमा खाना बाहिरभन्दा चारगुणा महँगो पर्छ। बेखर्ची भएपछि भोकभोकै नेपालको एकमात्र अन्तरार्ष्ट्रिय विमानस्थल खुल्ला र घर पुगौंला भनेर कुर्नुको विकल्प उनीसँग छैन। टर्कीको इस्तानबुलबाट काठमाडौं पुगेको जहाज अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएर छेउको चौरमा धस्सिएको थियो। उक्त जहाजलाई अझै ट्र्याकमा तानिसकिएको छैन। विमानस्थलबाट आन्तरिक उडान मात्र भइरहेका छन्। पटक पटक सूचना दिँदै बन्द गरिएको विमानस्थल पछिल्लो पटक शनिबार बिहान १० बजेसम्मका लागि नखुल्ने जनाइएको छ। कहिले खुल्ने हो त्यो पनि निश्चित छैन।
केएलआई टू एयरपोर्टका अनुसार उक्त विमानस्थलमा मात्र ३ सय नेपाली अलपत्र छन्। प्रायः सबै हालत एसपालको जस्तै छ। सबैजसोले थौरै पकेट खर्च राखेर अरु पैसा नेपाल पठाइसकेका छन्। यो मलेसिया गएका प्रायः नेपाली फर्कंदाको चलन नै हो। अलपत्र नेपालीकाअनुसार एयरपोर्टभित्रको महँगी धानी सक्नु छैन। छिन्नामस्ता २ सप्तरीका एमडी नुरसनको प्रतीक्षा अझ दर्दनाक छ।
तीन दिनदेखि पानी मात्र पिएर उडानको पर्खाइमा बसिरहेका उनलाई जतिसक्दो छिटो काठमाडौं पुग्नुछ। उनकी ३ बर्षकी छोरी बिरामी भएर काठमाडौंकै एक अस्पतालमा उपचारको क्रममा छिन्। पत्नीले फोन गरेर छोरीको हालत गम्भीर हुँदै गएको खबर दिइरहँदा उनी आफूलाई सम्हाल्नै सक्दैनन्। आजको नगरिक दैनिकमा खबर छ ।