Header Ads

आफ्नी आठ वर्षीया छोरी स्कुल जान नमानेपछि यस्तो गरे बाबुले

नयाँदिल्ली, चैत ५ । आफ्नी आठ वर्षीया छोरीलाई मोटरसाइकलमा डोरीले बाँधेर स्कुल पु¥याउने एक भारतीयलाई प्रहरीले गिरफ्तार गरेको छ ।

उत्तर प्रदेशका ४० वर्षीय पिताले छोरीलाई निर्मम ढंगले बाँधेर मोटरसाईकल तस्बिर स्थानीय अखबारमा छापिएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । तर, उनी अहिले धरौटीमा रिहा भएका छन् । बटुवाहरुले तिनै क्रुर अएको आरोप लगाए ।

 तर, ती पिताले भने आफ्नी छोरीको परीक्षा भए पनि उनी स्कुल जान नमानेका कारण बाँधेरै स्कुल प¥याएको बताए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बालबालिकालाई शिक्षा दिने ठुलो अभियान ल्याएको केही समयपछि गत शुक्रवार मथुराको एउटा गाउँमा यो घटना भएको हो । दूई छोरा र तीन छोरीका पिता एउटा निजी स्कुलमा सुरक्षा गार्डको रुपमा काम गर्छन् ।  - राजधानी दैनिकबाट
Powered by Blogger.