Header Ads

घर फर्कने अघिल्लो दिन मलेसियामा झुण्डिएर एक नेपालीको रहस्यमय मृत्यु

मलेसिया, चैत १० । मलेसियाको केपोङमा रहेका एक कोरियन रेष्टुरेन्टमा कार्यरत नेपाली नगारिक झुण्डिको अवस्थामा मृत भेटिएका छन् ।

पाँच वर्षअघि रोजगारीका लागि मलेसिया आएका मोरङ केराबारीका सूर्यबहादुर बस्नेत झुन्डिएको अवस्थामा भेटिएका हुन् ।

 बस्नेतसँगै काम गर्ने धनकुटाका रसमान राईका अनुसार बस्नेत केही दिनदेखि बिरामी परेकाले काममा नगई होस्टलमै बसेका थिए र उनलाई कार्यरत कम्पनीले नेपाल फर्कन टिकटसमेत काटिदिएको थियो ।

स्थानीय क्लिनकमा जचाउँन जाँदा डाक्टरले क्षयरोग लागेको बताएपछि बस्नेत सधैं उदास देखिने गरेको राईले बताउनुभयो । राईका अनुसर मृतक बिरामी भएकै कारण उनले काम गर्ने रेस्टुरेन्टले नेपाल फर्कनका लागि बुधबारको टिकट काटिदिएको थियो ।

बस्नतेको मृतयुबारे नेपालीले प्रवासी नेपाली मन्चलाई खबर गरेका र आफूहरुले घटनाको विवरण बुझी दूतावासलाई जानकारी गराएको मन्चका अध्यक्ष राजेन्द्रप्रकाश भण्डारीले जानकारी दिनुभयो । मृतकको शव पोस्ट्मार्टमका लागि स्थानीय सेलायाङ अस्पतालमा राखिएको छ ।

 पोस्टमार्टमको रिपोर्ट आएपछि मृतकको शवलाई तुरुन्तै नेपाल पठाउने मृतक कार्यरत रेस्टुरेन्टले जनाएको छ ।
Powered by Blogger.