Header Ads

सराङकोटमा बस खस्दा ४३ जना घाइते, ७ गम्भीर

काठमाडौं, फागुन २२ । कास्कीको सराङकोटमा बस दुर्घटना हुँदा ४३ जना घाइते भएका छन् ।

शुक्रबार कास्कीको गुन्टेचौरबाट पोखरातर्फ जाँदै गरेको ग १ ख ४८४९ नम्बरको बस साँघुरो सडकमा १००मिटर तल खसेर दुर्घटना भएको हो । घाइते हुनेमा २५ जना पुरुष र १८ जना महिला रहेका छन् ।

 घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेको छ । घाइतेको पोखराको गण्डकी, मणिपाल लगायतका अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

 बस दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।
Powered by Blogger.