Header Ads

चालीस वर्षीया महिला बडी बिल्डर बन्न सातपटक खाना खान्छिन् - फोटोफिचरसहित

एजेन्सी । सामान्यतः ४० पार गरेपछि महिलाहरु आफ्नो स्वास्थ्यको ख्याल राख्न छाड्छन् । तर अस्ट्रेलियाको मेलबर्न निवासी अमान्डा डोहर्टी स्वयमलाई फिट राख्न बिहान ३ बजे जिम मात्र जाँदिनन् उनी दिनमा सात पटकसम्म खाना पनि खाने गर्दछिन् ।

४० वर्षीय अमान्डा बडीविल्डिङको शौकिन हुन् । उनका चार बच्चा पनि छन् । अमान्डा भन्छिन्–बालबच्चाको दिनचर्या प्रभावित नहोस्, त्यसैले म बिहान ३ बजे ट्रेन चढेर जिम जान्छु र बच्चाहरुलाई उठाउन घर आइपुग्छु । उनले भनिन्–मलाई बडी विल्डर बन्ने इच्छा छ त्यसैले फिट रहनका लागि दिनमा म सात पटक खाना खान्छु । म आगामी साता मेलबर्नमा हुने अर्नोल्ड क्लासिक अस्ट्रेलियन प्रतियोगितामा पनि भाग लिनेछु ।

अमान्डा भन्छन्–म स्पोर्टसका विषयमा बढी नै डेडिकेटेड छु । तर आफ्ना बालबच्चाको ख्याल पनि राख्नुपर्छ । त्यसकारण मैले बिहान ३ बजे नै जिम जाने निर्णय गरेकी हुँ । बिहान उठेपछि म मात्र कफी पिउँछु र सिधै जिम जान्छु । त्यहाँ करिब तीन घण्टासम्म अलगअलग एक्सरसाइज गर्छु ।

 स्मरणरहोस् जब अमान्डा १९ वर्षकी थिइन् तब उनले बडी बिल्डिङ सुरु गरेकी थिइन् । २७ वर्षको उमेरमा उनको विवाह भयो । उनका अनुसार जब उनको पहिलो बच्चा भयो तब उनले आफ्नो तौल १५–२० किलो बढाएकी थिइन् । तर केही समयपछि उनले पुनः कडा एक्सरसाइज र डाइटबाट स्वयमलाई फिट राखिन् । -एजेन्सीको सहयोगमा
Powered by Blogger.