Header Ads

फ्रान्सेली विमान दुर्घटना हुनुको कारण यस्तो छ !

पेरिस, चैत्र १२ । १ सय ५० जनाको ज्यान जाने गरी फ्रान्समा दुर्घटनाग्रस्त जर्मनविङ्ग्सको विमानको ककपिट डाटा रेकर्डरबाट महत्वपूर्ण तथ्यहरु फेला परेको अनुसन्धानकर्ताहरुले दाबी गरेका छन् । दुर्घटनाको कारण पत्ता लगाउन प्रयास गरिरहेका फ्रेन्च अनुसन्धानकर्ताहरुले सो दाबी गरेका हुन् ।

तर, दुर्घटनाको वास्तविक कारण भने अझै पत्ता नलागेको बीबीसीले जनाएको छ । बुधबार जर्मन र स्पेनिस नेताहरुसँगै घटनास्थलको निरिक्षण गरेका फ्रान्सको नागरिक उड्डयन अनुसन्धान निकायका निर्देशक रेमी जुटीले दुर्घटनाग्रस्त विमानको ककपिट भ्वाइस रेकर्डरमा कुराकानी गरेको आवाज पाइएको बताउनु भएको छ ।
तर, अहिले नै दुर्घटनाको कारणबारे निष्कर्ष निकाल्न हतार हुने उहाँको भनाइ छ । स्पेनको बार्सिलोनाबाट डसेल्डोर्फतर्फ जाँदै गरेको ए ३२० एयरवस फ्रान्सको एल्प्स पर्वत श्रृङ्खलामा गत मंगलबार दुर्घटना भएको थियो ।

तर आकाशमा विमानमा आगलागी नभएको अनुसन्धानमा संलग्न अधिकारीहरुले बताएका छन् । सो विमान उचाइ लिएको ८ मिनेट भित्रै जमिनमा खसेको थियो । विमानमा १ सय ४४ यात्रु र चालक दलका ६ सदस्य थिए ।
Powered by Blogger.