Header Ads

डक्टर भन्छन ‘स्वाइन फ्लूले मृत्यु, स्वास्थ्य मन्त्री भन्छन् निमोनियाले मृत्यु - यो आखिर के त ?

काठमाडौं, फागुन १८ । काठमाडौंमा स्वाईन फ्लूबाट एक महिलाको मृत्यु भएको सार्वजनिक भएको अर्को दिन स्वास्थ्यमन्त्री खगराज अधिकारीले भने कसैको पनि मृत्यु नभएको ठोकुवा गरे ।

रिपोर्टर्स क्लवले गरेको कार्यक्रममा मन्त्री अधिकारीले काठमाडौं मोडल अस्पतालमा निधन भएकी ५० बर्षिया महिलाको मृत्युको कारण स्वाइफ्लू नभई निमोनिया भएको बताए । मन्त्री अधिकारीले स्वाइन फ्लूको औषधी आगामी डेढ महिनाका लागि पुग्नेगरी रहेको जानकारी दिंदै नागरिकलाई आतंकित नपार्न पनि सरोकारवालाहरुलाई आग्रह गरे ।

देशभित्रका विज्ञ र विदेशी दाताहरुसंग पनि संभावित जोखिम न्यूनिकरण र सहयोगबारे छलफल भइरहेको भन्दै मन्त्री अधिकारीले अहिले देखिएका समस्यालाई महामारीको रुपमा ब्याख्या गर्न नहुनेमा जोड दिए । उनले जिल्लाका जनस्वास्थ्य कार्यालय र निजी अस्पतालहरुलाई पनि उपचारमा सहयोग गर्न आग्रह गरिएको बताए ।

अघिल्लो दिन इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले स्वाइन फ्लुबाट एक जनाको मृत्यु भएको जनाएको थियो ।

इमिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.बाबुराम मरासिनीले मृतक महिलालाई निमोनिया भए पनि स्वाइन फ्लु पनि लागेको स्पष्ट पारे । उनले हालसम्म नेपालमा स्वाइन फ्लु संक्रमितको संख्या ४८ पुगेको जानकारी दिए ।
Powered by Blogger.