Header Ads

बूढानीलकण्ठको गाम्चामा यसरि बन्ने भो क्रिकेट रंगशाला

काठमाडौं । बूढानीलकण्ठ नगरपालिका स्थित गाम्चामा क्रिकेट रंगशाला निर्माण हुने भएको छ। नेपाली कांग्रेसका संस्थापक नेता स्वर्गीय सुवर्ण समशेर राणाको स्मृतिमा बनाउन लागिएको उक्त रंगशालाको प्रधानमन्त्री सुशील कोइरालाले आइतबार शिलान्यास गरे।

 रंगशालाको क्षेत्रफल ९५ रोपनी रहेको छ। २५ करोड रुपैयाँको लागतमा बन्न लागेको उक्त रंगशाला आगामी तीन वर्षभित्र तयार हुने सुवर्ण समशेर अध्ययन प्रतिष्ठानले जनाएको छ। रंगशाला निर्माणका लागि सरकारले जग्गा उपलब्ध गराएको हो।

 उद्घाटन कार्यक्रममा प्रधानमन्त्री कोइरालाले क्रिकेटले नेपाललाई संसारभर चिनाएकोमा खुसी व्यक्त गरे। नेपाल अन्तर्राष्ट्रिय क्रिकेटमा माथि पुगे पनि देशभित्रै अन्तर्राष्ट्रियस्तरको सुविधा सम्पन्न क्रिकेट रंगशाला छैन। सरकार आफैंले मुलपानीमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला बनाउँदै छ।
Powered by Blogger.