Header Ads

नेपाल टेलिभिजनका महाप्रबन्धक हुमागाईलाई कार्यालय प्रवेशमा रोक

काठमाडौं । नेपाल टेलिभिजन कर्मचारी संघले महाप्रबन्धक लक्ष्मण हुमागाईंलाई  कार्यालय प्रवेशमा रोक लगाएको छ ।

वल्र्ड भिजन मिडिया वाईङ हाउस प्रा.लि.ले करिब ६ करोड बराबरको बैंक ग्यारेण्टी पेस गरेको कागजात नक्कली भएको र त्यसमा महाप्रबन्धकको पनि संलग्नता रहेको आरोपसहित नेपाल टेलिभिजन सञ्चालक समितिले छानबिनका लागि महाप्रबन्धक हुमागाईंलाई निलम्वन गर्ने सिफारिस गरिसकेको छ ।

महाप्रबन्धक हुमागाईं कारबारही सिफारिसलाई वेवास्ता गरेर कार्यालय प्रवेश गर्न खोजेपछि कर्मचारी संघले प्रवेशमा रोक लगाएका हुन् ।

यसअघि कर्मचारी संघले विज्ञप्ति जारी गरी निलम्वनको सिफारिस गरेपछि नैतिक रूपमा कार्यालयमा उपस्थित हुन नमिल्ने जनाएको थियो ।

छानबिन समितिको प्रतिवेदन नआएसम्मका लागि कार्यालयमा उपस्थित नभएर छानबिन कार्यमा सहयोग गर्न महाप्रबन्धक हुमागाईंलाई संघले पटक पटक आग्रह गरेको थियो ।
Powered by Blogger.