को हुन् अहिलेसम्म आइएसको नाममा पश्चिमा नागरिकको घाँटी रेट्ने ? : फोटोफिचरसहित
एजेन्सी । इस्लामिक स्टेटले जारी गरेको भिडियोमा पश्चिमा बन्धकको घाँटी रेट्दै देखाइने लडाकुको पहिचान खुलेको छ। मुखुण्डो लगाएर पश्चिमा नागरिकको घाँटी रेट्ने लडाकु जिहादी जन भएको बताइएको छ। ब्रिटिश सेक्युरेटी सर्भिसले बीबीसीलाई दिएको जाानकारीअनुसार जिहादी जनको वास्तविक नाम भने मोहम्मद एमवाजी हो ।उनी कुवेतमा जन्मेका बेलायती नागरिक हुन् । उनी बेलायतको पश्चिम लण्डन निवासी हुन् ।
उनले आईएस अभियानमा आफ्नो नाम सार्वजनिक नगर्ने निर्णय गरे पनि सुरक्षा एजेन्सीहरुले उनको पहिचान पत्ता लगाएका हुन् ।
एमवाजी सबैभन्दा पहिला गत वर्ष अगस्तमा जारी गरिएको भिडियोमा अमेरिकी पत्रकार जेम्स फोलीको हत्या गर्दै देखिएका थिए । त्यसपछि उनलाई अमेरिकी पत्रकार स्टीभन सोटलाफ, डेभिड हेन्स, बेलायतकै ट्याक्सी चालक एलन हैनिङग र अमेरिकी राहतकर्मी अब्दुल रहमानको घाँटी रेट्दै गरेको भिडियोमा देखाइएको थियो ।
उनी सन् २००६ मा सोमालिया पुगेर चरमपन्थी समूह अल–शबाबका लागि सुविधा र पैसा जुटाउने नेटवर्कमा जोडिएका थिए ।
हरेक भिडियोमा उनलार्य कालो कपडामा देखाइने गर्दछ । उनले लगाएको मुखुण्डोका कारण उनको आँखाको माथिल्लो भाग मात्र देखिने गर्दछ । उनी करिब २७ वर्षको भएको बीबीसीले जनाएको छ। एमवाजीलाई चिन्नेहरुले वाशिङ्गटन पोष्टलाई बताएअनुसार उनी पश्चिम लण्डनमा एउटा मध्यमवर्गीय परिवारमा बढेहुर्केका हुन् । उनले भेस्टमिन्स्टर युनिभर्सिटीबाट कम्प्युटर प्रोग्रामिङ अध्ययन गरेका थिए ।
बीबीसीका अनुसार बेलायती र अमेरिकी सुरक्षा एजेन्सीलाई उनी सिरया जानुअघि नै जानकारी थियो ।