Header Ads

मिति: वि.सं.२०७१ साल फागुन १५ गते । शुक्रबार। हेर्नुहोस तपाईको आज कस्तो छ ?

    मिति: २०७१ फाल्गुन १५ शुक्रबार
  • मेष
    चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    अनावश्यक खर्च बढ्नेछ। आर्थिक कारोबारमा लाभ हुनेछ। यात्रा गर्दा सचेत रहनुहोला। अध्ययनमा रुचि नरहला। रोजगारमा स्थानान्तरण हुनसक्छ।
  • वृष
    इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
    अनुहारमा कान्ति बढ्नेछ। विपरीत लिंगीप्रति आकर्षण बढ्नेछ। शत्रु पराजित हुनेछन्। शारीरिक परिश्रम बढ्नेछ। सौन्दर्य तथा यश कीर्ति वृद्धि हुनेछ।
  • मिथुन
    का, कि, कु, घ, ङ, छ, के, को, हा
    अनावश्यक खर्च बढ्नेछ। दैनिक कार्य प्रभावित रहनेछन्। शत्रु बढ्नुका साथै सामाजिक अपमान सहनुपर्ला। व्यापारिक क्षेत्रमा भय रहनेछ।
  • कर्कट
    हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन्। पारिवारिक सद्भाव बढ्ने देखिन्छ। सामाजिक प्रतिष्ठामा वृद्धि हुनेछ। वैदेशिक यात्रा लाभदायी रहला।
  • सिंह
    मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    रोजगारका अवसर मिल्नेछन्। मानसिक चिन्ता रहनेछ। कर्ममा निष्ठा बढ्नेछ। आफन्त तथा साथीभाइको सहयोगले महत्त्वपूर्ण कार्यमा सफलता मिल्नेछ।
  • कन्या
    टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
    कर्मप्रति नैराश्य बढ्नेछ। धर्मकर्म तथा अध्यात्मिक कार्यको नेतृत्व गर्ने अवसर मिल्नेछ। साहित्य लेखन, सभासम्मेलनमा सहभागिताको अवसर मिल्नेछ।
  • तुला
    रा, रि, रु, रे, रो, ता, ति, तु, ते
    स्वास्थ्य बिग्रनेछ। आम्दानीको स्रोत सबल भए पनि खर्चमा वृद्धि होला। हराएको धन प्राप्त हुनेछ। शत्रु तथा संकटको सामना गर्नुपर्ला।
  • वृश्चिक
    तो, ना, नि, नु, ने, नो, या, यि, यु
    पारिवारिक सम्बन्धमा सुधार आउनेछ। दाम्पत्य जीवन सुखमय रहनेछ। प्रेममा सफलता मिल्नेछ। सन्तानसुख प्राप्त होला। शारीरिक स्फूर्ति बढ्नेछ।
  • धनु
    ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
    अनावश्यक वादविवाद सामना गर्नुपर्ला। धन आर्जनको अवसर मिल्नेछ। स्वास्थ्यमा समस्या देखिए पनि आफन्तको सहयोग तथा भूमि र बाहनको सुख प्राप्त हुनेछ।
  • मकर
    भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
    विद्या, बुद्धि र ज्ञानको कदर हुनेछ। साहित्य लेखनमा रुचि बढ्नेछ। एेश्वर्य वृद्धि हुनेछ। दैवी शक्तिमा विश्वास बढ्नेछ। अपेक्षाकृत लाभ मिल्नेछ।
  • कुम्भ
    गु, गे, गो, सा, सि, सु, से, सो, दा
    कर्मप्रतिको विश्वास बढ्नुका साथै मान्यजनको सहयोग मिल्नेछ। आफन्तसँग मनमुटाव बढ्नसक्छ, सजग रहनुहोला। कष्टकर यात्रा हुनेछ।
  • मीन
    दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
    शारीरिक स्फूर्ति बढ्नुका साथै मनोरञ्जनका सामानहरू खरिद गरिनेछ। आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव लिने अवसर मिल्नेछ।
Powered by Blogger.