विश्वकप क्रिकेट आज: दुई आयोजक टोलीबीचको खेल सुरु
एजेन्सी, अकल्यान्ड । चालू विश्वकपमा आज दुई आयोजक टोली अस्ट्रेलिया र न्युजिल्यान्डबीचको समूहगत चरणको खेल सुरु भएको छ। न्युजिल्यान्डको मैदान इडेन पार्कमा सुरु भएको खेलमा अस्ट्रेलियाले टस जितेर फिल्डिङ रोजेको छ भने न्युजिल्यान्ड ब्याटिङमा उत्रिएको छ।
अस्ट्रेलिया र न्युजिल्यान्ड दुवै उपाधि दाबेदार देखिएका छन्। दुवै टोलीबारे चर्चा हुनुपछाडि यी दुवै टोली जारी विश्वकपका आयोजक हुन्। घरेलु मैदान र दर्शकको साथ हुने भएकाले आयोजकमाथि हरेक पटक नजर पर्ने गर्छ।
समूहगत चरणमा न्युजिल्यान्डले खेलेका तीनवटै खेल जित्यो भने अस्ट्रेलियाले पनि खेलेका दुई खेलमध्ये पहिलो जित्यो भने दोस्रो खेल वर्षाका कारण रद्द भयो र अंक बाँड्यो।
न्युजिल्यान्डले पहिलो खेलमा साविक विजेता श्रीलंका र त्यसपछि स्कटल्यान्ड र इङल्यान्डलाई हराएको थियो। तीन पटक विश्वकप जितेको अस्ट्रेलिया आफ्नो इतिहासका कारण यस पटक पनि दाबेदार थियो। प्रतियोगिताको पूर्वसन्ध्यामा आएर त्रिकोणात्मक शृंखलामा उसले देखाएको लयले अस्ट्रेलिया स्वाभाविक हकदार देखियो। यसअघि न्युजिल्यान्डलाई उपाधि दाबेदारका रूपमा हेरिएको थिएन। हालसम्म विश्वकप नजितेकाले न्युजिल्यान्डबारे यो अनुमान अस्वाभाविक थिएन। अस्ट्रेलियाका ब्याट्सम्यान डेभिड वार्नर र ग्लेन म्याक्सवेल तथा बलर मिचेल जोन्सनसँगै न्युजिल्यान्डका ब्याट्सम्यान ब्रेन्डन म्याककुलम तथा बलर ट्रेन्ट बोल्ट र टिम साउथी यो खेल सुरु हुनुअघि चर्चामा छन्।
न्युजिल्यान्डले पहिलो खेलमा साविक विजेता श्रीलंका र त्यसपछि स्कटल्यान्ड र इङल्यान्डलाई हराएको थियो। तीन पटक विश्वकप जितेको अस्ट्रेलिया आफ्नो इतिहासका कारण यस पटक पनि दाबेदार थियो। प्रतियोगिताको पूर्वसन्ध्यामा आएर त्रिकोणात्मक शृंखलामा उसले देखाएको लयले अस्ट्रेलिया स्वाभाविक हकदार देखियो। यसअघि न्युजिल्यान्डलाई उपाधि दाबेदारका रूपमा हेरिएको थिएन। हालसम्म विश्वकप नजितेकाले न्युजिल्यान्डबारे यो अनुमान अस्वाभाविक थिएन। अस्ट्रेलियाका ब्याट्सम्यान डेभिड वार्नर र ग्लेन म्याक्सवेल तथा बलर मिचेल जोन्सनसँगै न्युजिल्यान्डका ब्याट्सम्यान ब्रेन्डन म्याककुलम तथा बलर ट्रेन्ट बोल्ट र टिम साउथी यो खेल सुरु हुनुअघि चर्चामा छन्।

वार्नर र म्याक्सवेल विस्फोटक ब्याट्सम्यान हुन। साउथी जारी प्रतियोगितामा सर्वाधिक विकेटकर्ताको सूचीमा शीर्षस्थानमा छन्। म्याककुलमले इङल्यान्डविरुद्व विस्फोटक ब्याटिङ गरेका थिए। अस्ट्रेलियाको ब्याटिङक्रम लामो रहेको छ। न्युजिल्यान्डमा पनि अनुभवी, युवा र विस्फोटक ब्याट्सम्यानको प्रभाव छ। एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पछिल्ला पाँच खेलमा न्युजिल्यान्ड र अस्ट्रेलिया दुवैले सबैमा जितको नतिजा निकालेका छन्। इडेन पार्कमा सन् २००५ मा भएको खेलमा न्युजिल्यान्डले अस्ट्रेलियासँग तीन सय ३७ रनको लक्ष्य पूरा गरेको थियो।
यी सबै तथ्यले गर्दा दुई आयोजकबीचको यो खेल भारत र पाकिस्तानबीचको खेलपछि सम्भवत: सर्वाधिक चर्चामा रहेको छ। तेस्रो खेलमा भारतसँग खेल्दै यूएई साविक विजेता भारतले समूहगत चरणको आफ्नो तेस्रो खेलमा शनिबार यूएईको सामना गर्दैछ। अघिल्ला दुई खेलमा पाकिस्तान र दक्षिण अफ्रिकाजस्ता बलिया टोलीलाई हराएको भारत उच्च मनोबलमा छ। अघिल्ला दुई खेलमा जिम्बावे र आयरल्यान्डलाई गतिलो चुनौती दिए पनि पराजित भएको यूएई भारतलाई जितका लागि कठिन संघर्ष गराउन वा अप्रत्याशित जित निकाल्ने प्रयासमा हुनेछ।
ब्रेन्डन म्याककुलुम (न्युजिल्यान्ड)
ब्रेन्डन म्याककुलुमले अघिल्लो खेलमा इङल्यान्डविरुद्व १८ बलमा अर्धशतक पूरा गरी एकदिवसीय विश्वकपमा आफ्नै नाममा रहेको सर्वाधिक छिटो अर्धशतकको कीर्तिमान तोडे। उनको नाममा धेरै वटा कीर्तिमान छन्। टोलीका पूर्वविकेटकिपर विगत केही वर्षदेखि न्युजिल्यान्डको टेस्ट, एकदिवसीय र टिट्वेन्टी टोलीको कप्तान हुन्। उनको नाममा टिट्वेन्टी अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन र सर्वाधिक शतक बनाउने खेलाडीको कीर्तिमान छ। ३३ वर्षीय म्याककुलुम न्युजिल्यान्डको वर्तमान टोलीमा सबैभन्दा बढी आशा गरिएका ब्याट्सम्यान हुन्। उनले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा दुई सय ४२ खेल खेल्दै पाँच शतक र २९ अर्धशतक बनाएका छन्। टेस्ट क्रिकेटमा उनले ८९ खेल खेल्ने क्रममा ११ शतक र २८ अर्धशतक बनाएका छन्।
शिखर धवन (भारत)
भारतका प्रारम्भिक ब्याट्सम्यान शिखर धवन यतिबेला उच्च लयमा छन्। उनले जारी विश्वकपमा पाकिस्तानविरुद्व अर्धशतक र दक्षिण अफ्रिकाविरुद्व शतक बनाए। विश्वकपमा दक्षिण अफ्रिकाविरुद्व शतक बनाउने उनी पहिलो भारतीय खेलाडी हुन्। पाकिस्तानविरुद्व भएको खेलमा पनि उनी ७६ रनको स्थितिमा रन आउटको सिकार बनेका थिए। यतिबेला विपक्षीले आउट गर्न गाह्रो परिरहेका खेलाडी बनेका छन् धवन। धवनले टोलीका लागि थोरै खेल खेले पनि पछिल्लो समय निरन्तर छन्। उनले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ५५ खेल खेल्दै सात शतक र १२ अर्धशतक बनाएका छन्। टेस्ट क्रिकेटमा उनले १३ खेल खेलेर दुई शतक र दुई अर्धशतक बनाएका छन्। यी २९ वर्षीय बायाँहाते ब्याट्सम्यानले जब क्रिजमा देखा पर्छन्, दबाबमुक्त भएर आत्मविश्वास देखाउँछन्।
