मिति: वि.सं.२०७१ साल फागुन १६ गते । शनिबार। हेर्नुहोस तपाईको आज कस्तो छ ?
![]()
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) Aries :
रोकिएका काम पुनः सुरु हुन सक्छन्। नयाँ काम सुरु गर्ने समय छ। मनग्ये धनलाभ हुनेछ। परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला। साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन्। विशेषगरी नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ। परिवारजनबाट टाढिनुपर्ने समय छ। कृषिक्षेत्रमा पनि अलि बढी परिश्रम र लगानी गर्नुपर्ला। |
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) Taurus : विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ। मान–सम्मान बढ्नेछ। सहयोगीहरूले काममा साथ दिनेछन्। राम्रै फाइदाको अवसर छ। बोलीको प्रभाव बढ्नुका साथै सजिलै काम बन्ने योग छ। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। रोकिएका काम सम्पादन हुनेछन्। पठन–पाठनमा प्रगति हुनेछ। |
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) Taurus : कामबाट फुर्सद मिल्नेछ। मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ। प्रतिष्ठित काम गर्ने मौका छ। आत्म–विश्वास बढ्नेछ। विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ। पारिवारिक जमघटमा मन रमाउनेछ। स्वादिष्ट भोजनको आनन्द समेत पाइएला। |
कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) Cancer : वैदेशिक क्षेत्रबाट लाभ उठाउन सकिनेछ। बसाइमा स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ। केही मात्रामा खर्च बढ्नेछ। आलस्य पनि जाग्नेछ। धैर्यपूर्वक फाइदा लिने बेला छ। चुनौती देखिए पनि काम भने बिस्तारै बन्न सक्छ। प्रतिस्पर्धामा केही क्षति हुन सक्छ। काममा पनि लगानी बढाउनुपर्ला। छर–छिमेकमा केही असमझदारी बढ्ने योग छ। |
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) Leo : धेरै लगानीपछि कम प्रतिफल पाइने र अरूको भरण–पोषणमा खर्च हुने समय छ। भएको आम्दानी र सञ्चित रकम समेत खर्च गर्नुपर्ने योग छ। श्रमको समुचित मूल्यांकन नहुन सक्छ। आम्दानीमा पनि बाधा पुग्ने देखिन्छ। आँटेको काम समयमा पूरा नहुन सक्छ। मालमत्ता समेत हराउन सक्छन्, सचेत रहनुहोला। पढाइलेखाइमा पनि त्यत्ति मन नजाला। |
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) Virgo :प्रतिष्ठित काम गर्ने मौका छ। अरूलाई प्रभावित पारेर काम बनाउन सकिएला। कर्मसिद्धिको समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक पहुँच बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ। व्यापारमा प्रशस्त फाइदा हुनेछ। काममा मातापिताको सहयोग प्राप्त होला। |
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) Libra : नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ। मंगलमय कृत्य सम्पादन गर्ने वा तीर्थाटनको योग छ। धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ। पढाइमा पनि राम्रै प्रगति हुनेछ। परिश्रम परे पनि काममा सफलता मिल्नेछ। सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ। रोकिएका काम समेत सम्पादन हुनेछन्। भाग्योन्नतिको समय छ। |
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) Scorpio : सहयोगीहरूले काममा तत्परता देखाउनेछन्। गोप्य रहस्य पत्ता लगाउन सकिनेछ। नसोचेको धन लाभ हुन सक्छ। तर, सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने समय छ। स्वास्थ्यमा पनि अलि कमजोरी अनुभूति हुनेछ, इष्टदेवको पूजा–उपासना गर्दा फाइदा होला। केही चुनौती देखिए पनि प्रयत्न गर्दा समयको सदुपयोग हुनेछ। |
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) Sagittarius :दिन मनोरञ्जनपूर्ण रहनेछ। नयाँ ज्ञान सिक्ने मौका छ। आम्दानी प्रशस्तै बढ्नेछ। व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ। व्यावसायिक यात्रा सम्भावना छ। दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ। नयाँ सवारी साधन प्राप्तिको योग छ। आतिथ्यपूर्ण सम्मान पाइएला। मित्रता र प्रेमको बन्धन कसिने बेला छ। सहयोगीहरूको साथ मिल्नेछ। |
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) Capricorn : केही चुनौती आइलाग्न सक्छन्। तापनि, प्रयत्नले फाइदा उठाउन सकिनेछ। यात्रामा विशेष लाभ होला। शत्रु र रोगबाट छुटकारा मिल्नेछ। मुद्दा–मामिलामा पनि विजयी भइनेछ। व्यापार तथा उद्योगतर्फ सामान्य फाइदाको योग छ। तत्काल गरिएका काममा राम्रै फाइदा होला। प्रशस्त धन आर्जन र सञ्चय गर्न सकिनेछ। तर, अधिकारका लागि केही प्रतिस्पर्धा गर्नुपर्ला। |
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) Aquarius : व्यावसायिक यात्रा सम्भावना छ। दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ। आम्दानी प्रशस्तै बढ्नेछ। नयाँ सवारी साधन प्राप्तिको योग छ। सुखद समाचारले अझ उत्साह बढ्नेछ। नयाँ ज्ञान सिक्ने मौका छ। आतिथ्यपूर्ण सम्मान पाइएला। बोलीकै भरमा विशेष काम सम्पादन हुन सक्छ। व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ, क्रियाशील रहनुहोला। |
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) Pisces : काममा अवरोध गर्नेहरू सक्रिय हुनेछन्। साथीभाइ र समाजबाट टाढिनुपर्ला। एक्लोपनाको अनुभूति हुनेछ। विश्वासपात्रबाटै धोका पाइने समय छ, सचेत रहनुहोला। विभिन्न अवसर भने आउनेछन्। तर, समयमा निर्णय लिन नसकिएला। यसले हातमा आएको मौका गुम्न सक्छ। पशुधन र जमिनबाट भने राम्रै लाभ मिल्नेछ। परिवारजनको सहकार्यबाट लाभ उठाउन सकिनेछ। |
© Copyright : baralguru, All Rights Reserved.





कन्या





