Header Ads

अब ठमेलमा २४ सै घन्टा बिजुली बत्ती झलमल्ल हुने

काठमाडौँ । राजधानीको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा २४ सैँ घन्टा विद्युत् आपूर्ति हुने भएको छ । ठमेल पर्यटन विकास परिषद्ले पर्यटकहरुको भीडभाड रहने ठमेल क्षेत्रका मुख्य सडक र चोकमा सौर्यबत्ती जडान गरेपछि ठमेल रातमा पनि झलमल्ल हुने भएको हो । परिषद्ले पहिलो चरणमा ठमेलको मुख्य प्रवेशद्वार त्रिदेवीमार्ग स्थित सञ्चयकोष भवन अगाडि १५ र अस्कल क्याम्पसको पछाडिको क्षेत्रमा तीनवटा गरी जम्मा १८ सौर्यबत्ती जडान गरेको छ ।

सडकका दुवै किनारमा खम्बामा जडान गरिएको बत्तीको आकर्षणले सडकको सोभालाई बढाएको छ । विद्युत् प्राधिकरण र एसियाली विकास बैंकको सहयोगमा पहिलो चरणमा ६० वाटका १८ बत्ती जडान गरिएको परिषद्का अध्यक्ष रामशरण थपलियाले जानकारी दिए । टे«किङ एजेन्सीज एसोसिएसन अफ नेपाल टान को सहयोगमा ठमलेका अन्य क्षेत्रमा केहीदिनभित्रै थप बत्ती जडान गरिने उहाँले उल्लेख गरे । ठमेलको सातघुम्तीलगायत क्षेत्रमा ४० वाटका बत्ती ३५ मिटरको दुरीमा राखिनेछ ।
उक्त क्षेत्रको सडक साँघुरो भएकाले खम्बा राख्न समस्या भएपछि घरका छतमाथि सोलार बत्ती जडान गरिने परिषद्ले जनाएको छ । परिषद्का अनुसार ठमेलको मुख्य क्षेत्र र भित्रि सडकमा २०० भन्दा बढी सौर्य बत्ती जडान गरिनेछ । टानको १५ लाख, नेपाल पर्यटन बोर्डको १५ लाख र विभिन्न १६ बैंक र पाँच फाइनान्सको '४० सौर्य बत्ती' विद्युत् प्राधिकरणको '६० वटा वत्ती' तथा अन्य व्यावसायिक संस्थाको '३० सौर्य बत्ती' गरी जम्मा दुई करोड दुई लाख ६० हजारको लागतमा बत्ती जडान गरिनेछ ।

 नवीकरणीय ऊर्जा प्रालिमार्फत परिषद्ले ठमेल क्षेत्रमा सौर्य बत्ती जडान गरेको हो । परिषद्ले ठमेल क्षेत्रमा सौर्य बत्तीसँगै सिसी क्यामेरा पनि जडान गर्ने जनाएको छ । ठमेलका मुख्य चोकमा यसअघि आठवटा सिसी क्यामेरा राखिएको थियो तिनलाई छोटो दुरीमा राखेर अब अझ प्रभावकारी बनाउन अत्याधुनिक क्यामेरा राखिने परिषद्ले जनाएको छ ।

 पर्यटन प्रवद्र्धन र ठमेलको सौन्दर्यतालाई मध्यनजर गरी परिषद्ले सडक विभागलगायत विभिन्न निकायको सहयोगमा ठमेल क्षेत्रको सडक कालोपत्रे र चिल्लो गरेको थियो ।
Powered by Blogger.