नायिका स्वेता खड्का पहिलोपटक मिडियामा, रुदैँ भनिन: मेरो सबै लुटियो
काठमाडौं । पति उर्फ नायक श्रीकृष्ण श्रेष्ठ गुमाएपछि नायिका स्वेता खड्का लामो समय घरभित्रै रोइन । उनी कसैसँग खुलेर बोल्ने, हाँस्ने, रमाउने गरेनन । यहाँसम्मकी मिडियाले ब्यापक खोजी गर्दासमेत उनी गुमनाम रहिन । कहिलेकाँही फेसबुकमा लेख्ने स्टाटसकै आधारमा मिडियामा उनको समाचार छापियो ।
यसरी ६ महिनायता मिडियामा नबोलेकी स्वेता पहिलोपटक बिबिसीको अनौठो ब्यथा कार्यक्रम श्रृङखलामार्फत सार्वजनिक भएकि छिन ।
मनभित्र पिडा बोकेकी स्वेताको आँशु कुराकानीको क्रममा निरन्तर बगिरहे । रुँदै बोलेकी स्वेताले श्रीकृष्ण बिवाह हुनुभन्दा एक साता अघिदेखि नै बिरामी रहेको खुलाईन ।
उनले सुनाइन: ‘बिहे गरेपछि केयर गर्छु भन्ने सोचेकी थिएँ तर के भयो सोच्नै सक्दिन ।’ उनले थपिन: ‘विहा गरेपछि उहाँलाई मैले कहिल्यै हेल्दि लाइफमा भेटिँन ।’ बिहेपछि सिर्फ दुई दिन घरमा बिताएको र बाँकि अस्पतालमा बिताएको बताउदै स्वेताले रुँदै भनिन: ‘यस्तो होला कहिल्यै सोचेकी थिइँन ।
मेरो सबै लुटियो ।’उनले ४ महिनासम्म आफ्नो राम्रोसँग होस नआएको बताइन । सधै रोएर घरमै बसेकाले बिरामी परेको बताउदै उनले आफु पनि औषधिको साहारामा बाँचेको बताइन । तर अझैसम्म आफुले हिम्मत नहारेको र स्वस्थ भएपछि श्रीमानको सपना पुरा गरिछाड्ने हिम्मत देखाइन ।
सुन्नुहोस बिबिसीसँग स्वेताको कुराकानी जस्ताको तस्तै:
यसरी ६ महिनायता मिडियामा नबोलेकी स्वेता पहिलोपटक बिबिसीको अनौठो ब्यथा कार्यक्रम श्रृङखलामार्फत सार्वजनिक भएकि छिन ।
मनभित्र पिडा बोकेकी स्वेताको आँशु कुराकानीको क्रममा निरन्तर बगिरहे । रुँदै बोलेकी स्वेताले श्रीकृष्ण बिवाह हुनुभन्दा एक साता अघिदेखि नै बिरामी रहेको खुलाईन ।उनले सुनाइन: ‘बिहे गरेपछि केयर गर्छु भन्ने सोचेकी थिएँ तर के भयो सोच्नै सक्दिन ।’ उनले थपिन: ‘विहा गरेपछि उहाँलाई मैले कहिल्यै हेल्दि लाइफमा भेटिँन ।’ बिहेपछि सिर्फ दुई दिन घरमा बिताएको र बाँकि अस्पतालमा बिताएको बताउदै स्वेताले रुँदै भनिन: ‘यस्तो होला कहिल्यै सोचेकी थिइँन ।