मन्थली आकाशेमा निर्माणधीन तामाकोशीको पुलले रामेछापको विकासमा फड्को मार्ने - पुर्व मन्त्री पौडेल
रामेछाप, फागुन १४ । अन्तरिम मन्त्री परिषद्का पुर्व सूचना तथा सञ्चारमन्त्री माधव प्रसाद पौडेलले बुधबार रामेछापको क्षेत्र नं. १ र २ लाई जोड्ने पक्की पुलको अबलोकन तथा भ्रमण गरेका छन् । मन्थली नगरपालिकाको आकाशेमा तामाकोशी नदीमा बन्दै गरेको पुलको पौडेलले भ्रमण गरेका हुन् ।
अबलोकन भ्रमणको क्रममा मन्त्री पौडेलले पुल सम्पन्न भएसँगै रामेछापको विकासले नयाँ फड्को मार्ने बताएका छन् । उनले भने विकास निर्माणका गतिविधी बढ्दै जादाँ नागरिकको आर्थिक स्तर पनि विस्तारै अगाडि बढ्ने बताए । क्षेत्र नं २ का स्थानीयलाइ अहिले सदरमुकाम र काठमाण्डौ आवतजावत गर्न कठिन भएको अवस्थामा पुल संचालन आएपछि नागरिकलाइ राहत मिल्ने उनको भनाइ छ ।
रामेछापको सैपु गाविसमा घर भएका पुर्वमन्त्री पौडेलले आफ्नो कार्यकालमा रामेछाप सदरमुकाम मन्थलीमा पोलिटेक्निकल इन्शीच्यूट खोल्नको लागि स्वीकृति दिएका थिए । मन्त्री पौडेलले आफ्नो कार्यकालमा रामेछाप जिल्लाको ग्रामीण भेगमा शैक्षिक तथा सूचना केन्द्र लगाएतको क्षेत्रमा समेत सहयोग पु¥याएका थिए । उनले आगामी दिनमा आफ्नो क्षेत्रवाट रामेछापको विकास निर्माणको क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
यसैबीच पुलको अबलोकन गर्न रामेछापका पुर्व सांसद देबशंकर पौडेल, समाज सेवी सावित्री श्रेष्ठ लगाएतको सहभागिता रहेको थियो । नेकपा एमालेका नेता समेत रहेका देवशंकर पौडेलले पुल बनेपछि स्थानीय स्तरमा किसानले उत्पादन गरिएका कृषि जन्य पदार्थको विक्रि वितरणमा सहज हुने दावी गरे । उनले भने “अहिले किसानले बजार खोज्दै सदरमुकाम भारी बोकेर हिड्नु परेको अवस्था छ तर पुलको निर्माण कार्य सम्पन्न भएपछि व्यापारीले नै किसानलाइ खोज्दै जान्छन् ।”
ग्रामीण सडकको स्तरोन्नती गरेर यातायातको साधन चलाउन थालेपछि शैलुङ लगायतका धार्मीक स्थललाइ पर्यटकिय क्षेत्रको रुपमा विकास गराउन प्रचुर सम्भावना रहेको उनको भनाइ छ । बिगत ३ बर्ष देखी निमार्ण कार्य थालीएका १ सय ९८ मिटर लम्बाई भएको पक्की पुलको ८० प्रतिशत काम सकिएकाले यसै बर्षको चैत्रसम्ममा सम्पन्न गर्ने लक्ष्य निर्माण कम्पनीको रहेको छ । पुल बने सँगै रामेछापका दुबै निर्वाचन क्षेत्रबाट छोटो दुरीमा सदरमुकाम मन्थलीसँग जोडिनेछन् ।

प्रज्वल पौडेल/तस्बिर सौजन्य/राष्ट्रिय खबर