विश्वकप क्रिकेटमा आज अफगानिस्तान र स्कटल्यान्ड भिड्दै
काठमाडौ, फागुन १४ । चालू विश्वकप क्रिकेटमा दक्षिण एसियाली टोली अफगानिस्तानले आफ्नो तेस्रो खेलमा आज स्कटल्यान्डको सामना गरिरहेको छ। यी दुवै टोलीले यसअघि खेलेका दुवै खेलमा हार भोगेका छन्।

पहिलो खेलमा बंगलादेशसँग सहजै पराजित भएको अफगानिस्तान प्रतिस्पर्धात्मक दोस्रो खेलमा श्रीलंकासँग पराजित भएको थियो। यसैगरी पहिलो खेलमा न्युजिल्यान्डलाई खेल जित्न कडा संघर्ष गर्न बाध्य बनाएको स्कटल्यान्ड दोस्रो खेलमा इङल्यान्डसँग सहजै पराजित भएको थियो।
एकदिवसीय क्रिकेटमा अफगानिस्तान र स्कटल्यान्डले खेलेका पछिल्ला पाँचमध्ये समान दुई जित र तीन हारको नतिजा निकालेका छन्।
अन्तर्राष्ट्रिय क्रिकेटमा छोटो समयमै माथि उक्लिएको अफगानिस्तान स्कटल्यान्डले पहिलो पटक विश्वकप खेलेको (सन् १९९९) दुई वर्षपछि आईसीसीको सदस्य बनेको थियो। अफगानिस्तानका जावेद अहमदीले दुई एसोसिएटबीचको भिडन्त रोमाञ्चक हुने बताए।
