Header Ads

मदिराको नशामा सार्वजनिक स्थलमा महिला नाङ्गै प्रहरीसँग भिडेपछि….भिडियोसहित

एजेन्सी । मदिरा सेवन गरेर टपलेस अवस्थामा गाडी चलाउने एक जोडीलाई रोक्न प्रहरीलाई पनि निकै मुस्लिक भयो ।जब प्रहरीले गाडी रोक्यो तब सार्वजनिकस्थलमै गाडीबाट उत्रेकी महिलाले कपडा खोल्न थालेपछि प्रहरीसमेत के गर्नु न कसो गर्नुको अवस्थामा पुग्यो।

डेली मेलमा प्रकाशित समाचारअनुसार घटना चीनको हो । मदिरामा लठ्ठ ३० वर्षीया शियाओ चेन–ली र उनका श्रीमान २८ वर्षीय सिंग सेहलाई रोकका थिए । दुवै जनाको शरीरको माथिल्लो भागमा कपडा थिएन । प्रहरीले रोकेपछि आरोपी सेहले प्रहरीमाथि नै आक्रमण सुरु गरे ।

उनी पत्नीले पनि श्रीमानको यो काममा सहयोग गरिन् । घटनास्थलमा मानिसको ठुलो भिड जम्माा भइसकेको थियो । कतिपय आरोपीलाई कारबाट उत्रन सहयोग गर्न पनि पुगे । डेली मेलका अनुसार चिनको भेन्झाउ क्षेत्रमा भएको घटनाको भिडियो एक जनाले लिए । घटनास्थलमा रहेका २५ वर्षीय लियांग याओले भने–घटना निकै विचित्रको र आश्चर्यजनक थियो ।

कोही पनि नियन्त्रणमा थिएन, सबै एकअर्कामा बर्सदै थिए। नशामा लठ्ठ जोडीलाई सम्हाल्न प्रहरीलाई पनि हम्मेहम्मे परेको थियो । अझ श्रीमतीले खुलेआम सबै कपडा खोलेर पुलिससँग भिड्न लागिन्। प्रहरी प्रवक्ताका अनुसार यो घटनामा ६ जनालाई पक्राउ गरियो ।

उनीहरुमाथि शान्ति भंग गरेको, सडकमा आतंक मच्चाएको र मदिरा सेवन गरेर गाडी चलाएको आरोपमा मुद्दा चलाइयो । महिलामाथि भने सार्वजनिक स्थानमा नाङ्गिएको आरोपमा पनि मुद्दा चलाइएको छ।
Powered by Blogger.