Header Ads

तीन युवकले यसरी आपसमा विवाह गरे - फोटोफिचरसहित

thailand-pic_
एजेन्सी । थाइल्याण्डको उथाई थानी प्रान्तमा अहिले एउटा समलैगिक विवाह निकै चर्चामा छन् । यहाँ तीन युवकले आपसमा विवाह गरेपछि चर्चामा आएका हुन् । उथाई थानी प्रान्तस्थित निवासमा भएको एउटा समारोहमा जोक, बेल र आर्टले आपसीमा विवाह गरेका हुन् । यसरी तीन युवक आपसमा विवाह बन्धनमा बाँधिएको यो पहिलो घटना भएको बताइएको छ।

त्यसैले यो विवाह अहिले सामाजिक संजालमा भाइरल भएको छ। उनीहरुको तस्वीर अहिले सामाजिक सञ्जालमा जताततै पाइन थालेका छन् । तीन युवक सुटबुटमा विवाह समारोधमा सहभागी भएका थिए । उनीहरुले आपसमा औठी पनि साटे । तीनै युवकले आफ्नो जीवनको विशेष दिन भएको बताए । बेलले भने–मलाई लाग्छ कि हामी तीन जनाको विवाह संसारमै यस्तो पहिलो विवाह होला । केही मानिस हाम्रो निर्णयप्रति सहमत छैनन् । तर, हामीलाई आशा छ कि मानिसहरुले हामीलाई बुझ्ने छन्, हाम्रो रोजाई स्वीकार गर्नेछन् । थाइल्याण्डमा समलैंगिक विवाहले कानुनी मान्यता पाइसकेको छैन । त्यसैले उनीहरुले बौद्ध मान्यताअनुसार विवाह गरेका छन् । thailand-pic_1 thailand-pic_2 thailand-pic_3 thailand-pic_4 thailand-pic_5 आर्ट र जोक एक साथ व्यापार गर्छन् । साथ काम गर्ने क्रममा उनीहरुबीच प्रेम सम्बन्ध महशुस भएको उनीहरुको भनाइ छ। पाँच वर्षअघि भेटका बेला एकअर्का समलैंगिक भएको उनीहरुलाई थाहा थियो । यस्तै यो जोडीसँग बेलको भेट एउटा पार्टीमा भएको थियो । उनीहरु तीनै जनाले आपसमा प्रेम महशुस गरे र केही समयपछि विवाह गर्ने निर्णयमा पुगेको बताए । 
Powered by Blogger.