Header Ads

इंग्ल्याण्डद्वारा श्रीलंकासामू ३१० रनको लक्ष्य प्रस्तुत

वेलिङटन, एजेन्सी । जारी विश्‍वकपमा इङल्यान्डले श्रीलंकालाई ३ सय १० रनको चुनौती प्रस्तुत गरेको छ। टस जितेर ब्‍याटिङ गरेको इङल्यान्डले ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ९ रन बनाएको हो। इङल्यान्डका लागि जोइ रुटले १ सय ८ बलमा १४ चौका र २ छक्‍का प्रहार गर्दै १ सय २१ रन बनाए।

यस्तै इयान बेलले ५४ बलमा ७ चदौका प्रहार गर्दै ४९ रन जोडे भने जोस बटलरले १९ बलमा ६ चौका र एक छक्‍का प्रहार गर्दै ३९ रन बनाए। यस्तै इओइन मोर्गनले २७ रन, जेम्‍स टेलरले २५ रन मोइन अलीले १५ रन बनाए।

 यता, श्रीलंकाका लसिथ मालिङगा, सुरङगा कलमल, एङगेलो माथविस, तिलाकारान्ते दिलशान, रंगाना हेराथ र थिसारा पेराराले १/१ विकेट लिए। इङल्यान्ड जारी विश्वकपमा लयमा फर्कन संघर्षरत टोली हो। समूहगत चरणका सुरुका दुई खेलमा दुई आयोजक अस्ट्रेलिया र न्युजिल्यान्डसँग पराजित भएको श्रीलंकाले अघिल्लो खेलमा स्कटल्यान्डलाई हराएर पहिलो जित हात पारेको थियो।

 यता पहिलो खेलमा न्युजिल्यान्डसँग पराजित भएको साविक उपविजेता श्रीलंकाले त्यसपछि दुई दक्षिण एसियाली टोली अफगानिस्तान र बंगलादेशलाई हरायो।

 गत वर्षको अन्त्यतिर भएको सात खेलको एकदिवसीय शृंखलामा श्रीलंकाले इङल्यान्डलाई ५-२ ले हराएको थियो। यद्यपि श्रीलंकामा भएको उक्त शृंखला नखेलेका बलरद्वय स्टुवार्ट ब्रोड र जेम्स एन्डर्सन यसपटक प्रभावी हुनसक्ने अनुमान गरिएको छ।
Powered by Blogger.