के ओबामालाई अमेरिकाको माया छ ?
भ्यालेन्टाइन डे अर्थात प्रेम दिवस बितेको दुई साता मात्र भयो । तर, त्यति बेलाभन्दा आजभोली अमेरिकामा प्रेमको चर्चा बढ्न थालेको छ । त्यो पनि राष्ट्रपति बाराक ओबामाको नाममा जोडिएर ।

यो विषय यस्तो उस्तो वा सस्तो प्रेमको होइन । राष्ट्रको अस्तित्वसँग जोडिएको प्रेम हो । अमेरिकी शहर न्यूयोर्कका पूर्वप्रम्ख रुडी जुलियानीले बिहीबार एक अन्तर्वातामा भनेका थिए, ‘मलाई लाग्दैन, ओबामा अमेरिकालाई माया गर्छन् । उनी आफूलाई नै माया गर्न सक्दैनन भने कसरी पूरै देशलाई माया गरुन् ।
उनको पालनपोषण पनि अमेरिकालाई माया गर्ने वातावरणमा भएको थिएन ।’ अमेरिकी माया नहुनुलाई ओबामाका विभिन्न विदेशनीतिलाई पनि विपक्षीले कारक बनाएका छन् । अमेरिकी राष्ट्रिय पत्रिकाहरुले गरेको सर्भेमा पनि ओबामो अमेरिकालाई माया नगर्ने नतिजा निस्किएको छ ।
आजको नयाँ पत्रिका दैनिक लेख्छ–सर्भेमा ५३ प्रतिशत अमेरिकी ओबामा स्वार्थी भएको र अमेरिकालाई माया नगर्ने बताएका छन् । सर्भेमा ४७ प्रतिशत अमेरिकी भन्छन्– ओबामालाई अमेरिकाको बहुत माया छ ।
