३० दलको शक्ति प्रदर्शन यस्तो छ, आज राजधानीमा सुरक्षा सर्तकता बढाइयो
गठबन्धनको निर्णय अनुसार जनसभाका लागि दुई लाख जनता काठमाडौमा उतार्ने रहेको छ तर दुई लाखभन्दा बढी मान्छे आउने संभावना रहेको मोर्चाका नेताले रातोपाटीलाई बताए । ३० दलीय मोर्चाको कार्यक्रमलाई ध्यानमा राखेर राजधानीको सुरक्षा बढाइएको छ । माइतघर, नयाँबानेश्वर, जाउलाखेल, माइतीघर लगायत मुख्य चोकमा सशस्त्र प्रहरी तथा जनपद प्रहरीको बाक्लो उपस्थिति रहेको छ ।
कुन दलको र्याली कहाँबाट ?
गठबन्धनमा रहेका दलहरुले भोली राजधानीको विभिन्न ठाउँबाट आआफ्नो कार्यकर्ताका साथमा आआफ्नो भेषभुषामा र्याली निकाल्ने तयारी गरेका छन् । जसमा माओवादीले माइतीघर, चावेल, बलाजु, कालीमाटी र लगनखेलबाट र्यालीसहित टुडिखेलसम्म आउने छ । ती ठाउँबाट निस्किने र्यालीको नेतृत्व एमाआवादीका वरिष्ठ नेताहरुले गर्ने गठबन्धनले जनाएको छ ।
त्यस्तै, संघीय समाजवादी पार्टीले स्वम्भू, डल्लु, वसन्तपुरबाट आफ्नो र्याली निकाल्नेछ । विजयकुमार गच्छदार अध्यक्ष रहेको मधेशी जनअधिकार फोरम लोकतान्त्रिकले त्रिपुरेश्वरबाट आफ्नो झाँकी, बाजागाजा र्यालीसहित टुडिखेल पुग्ने छ भने महन्थ ठाकुर अध्यक्ष रहेको तराई मधेश लोकतान्त्रिक पार्टी, राजेन्द्र महतो अध्यक्ष रहेको सद्भावना पार्टी र उपेन्द्र यादव अधयक्ष रहेको मधेशी जनअधिकार फोरम नेपाल बबरमहलबाट र्याली लिएर टुडिखेल पुग्नेछ ।
संघीय लोकतान्त्रिक राष्ट्रिय गठबन्धनले थपाथलीबाट आफ्नो र्यालीसहित टुडिखेल पुग्ने छ भने महेन्द्र राय यादव अध्यक्ष रहेको तराई मधेश सद्भावाना पार्टी कुपण्डोलबाट । संघीय गणतान्त्रिक समाजवादी पार्टी सोल्टीमोडबाट, आदिवासी जनजाति राष्ट्रिय आन्दोलन समिति सुन्धाराबाट र्याली लिएर टुडिखेल पुग्नेछ भने शरत् सिह भण्डारी अध्यक्ष रहेको राष्ट्रिय मधेश समाजवादी पार्टीले जाउलाखेलबाट टुडिखेल पुग्नेछ । त्यसैगरि समाजवादी जनता पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च ९थरुहटं०, दलित जनजाति पार्टी, मधेशी जनअधिकार फोरम गणतान्त्रिक, संघीय सद्भावना पार्टी र मधेश समता पार्टी भद्रकालीबाट संयुक्त रुपमा आफ्नो र्यालीसहित टुडिखेल पुग्ने बताइएको छ ।
एमाओवादीका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ बलाजुबाट निस्किने र्यालीको नेतृत्व गर्नेछन् भने कालीमाटीको नेतृत्व डा।बाबुराम भट्राईले गर्ने छन् । लगनखेलको नेतृत्व पार्टीका सचिव वर्षमान पुनः अनन्तले गर्नेछन् भने चावेलको नेतृत्व नेता नारायणकाजी श्रेष्ठले गर्ने भएका छन् । पहिचानमा आधारित संघीय गठबन्धनलाई लिम्बु, शेर्पा, थारु र तमाङ् समुदायको सँस्कृति पोशाक झल्किने झाँकी प्रस्तुत गर्ने जिम्मेवारी दिएको छ भने मधेशी मोर्चालाई झिझियाँ नृत्य लगायत तराई मधेशको सँस्कृति झलक दिने गरी झाँकी प्रस्तुत गर्न जिम्मेवारी दिएको छ । त्यसैगरि अन्य दलले पनि आफ्नो समुदायको सँस्कृति झल्किने झाँकी प्रस्तुत गर्ने जिम्मेवारी पाएका छन् ।
एमाओवादीका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ बलाजुबाट निस्किने र्यालीको नेतृत्व गर्नेछन् भने कालीमाटीको नेतृत्व डा।बाबुराम भट्राईले गर्ने छन् । लगनखेलको नेतृत्व पार्टीका सचिव वर्षमान पुनः अनन्तले गर्नेछन् भने चावेलको नेतृत्व नेता नारायणकाजी श्रेष्ठले गर्ने भएका छन् । पहिचानमा आधारित संघीय गठबन्धनलाई लिम्बु, शेर्पा, थारु र तमाङ् समुदायको सँस्कृति पोशाक झल्किने झाँकी प्रस्तुत गर्ने जिम्मेवारी दिएको छ भने मधेशी मोर्चालाई झिझियाँ नृत्य लगायत तराई मधेशको सँस्कृति झलक दिने गरी झाँकी प्रस्तुत गर्न जिम्मेवारी दिएको छ । त्यसैगरि अन्य दलले पनि आफ्नो समुदायको सँस्कृति झल्किने झाँकी प्रस्तुत गर्ने जिम्मेवारी पाएका छन् ।
कुन दलले कति जनता ल्याउने ?
३० दलीय गठबन्धनले राजधानीमा दुई लाख जनता ल्याउने अनुमान अनुसार नै जनता ल्याउने बाँडफाँड गरेको छ । जुन दलको जति क्षमता छ त्यही अनुसार बाँडफाँड गरिएको छ । गठबन्धनको नेतृत्व गरेका ठूलो पार्टी एमाओवादीले एक लाख एक हजार ल्याउने प्रतिवद्धता गरेको छ भने मधेशी जनअधिकार फोरम लोकतान्त्रिक १५ हजार, तमलोपा ५ हजार, फोरम नेपाल १० हजार, सद्भावना पार्टी ५ हजार, संघीय सद्भावना पार्टी नेपाल ५ हजार, तराई मधेश सद्भावना पार्टी ५ हजार, राष्ट्रिय मधेश समाजवादी पार्टी नेपाल ३ हजार, राष्ट्रिय जनमुक्ति पार्टी ८ हजार, थरुहट तराई पार्टी नेपाल २५ सय जनता ल्याउने भएको छ ।
त्यसैगरि, खम्बुवान राष्ट्रिय मोर्चा ५ सय, समाजवादी जनता पार्टी ५ सय, फोरम गणतान्त्रिक ५ सय, नेपाः राष्ट्रिय पार्टी २ हजार, संघीय सद्भावना पार्टी ५ सय, मधेश समता पार्टी ५ सय, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च ९थरुहट० १ हजार जनता ल्याउने भएको छ । आदिवासी जनजाति पार्टी नेपाल ३ हजार, समाजजिक लोकतान्त्रिक पार्टी ३ हजार, संघीय लिम्बुवान पार्टी नेपाल १ हजार, संघीय गणतान्त्रिक समाजवादी पार्टी ५ हजार, नेपाल कम्यूनिष्ट पार्टी १ हजार खस समावेशी राष्ट्रिय पार्टी १ हजार, नेकपा संयुक्त माक्र्सवादी पार्टी ५ सय, लोक दल १ हजार, बहुजन समाज पार्टी नेपाल ५ सय र लोकतान्त्रिक जनता पार्टी नेपाल ३ सय जनता ल्याउने भएको छ ।
धोती र्याली पनि
फागुन १६ गते राजधानीमा मधेशी समुदायको पहिचान झल्किने धोती र्याली पनि हुने भएको छ । भोली विहान १० वजे शहिद गेटदेखि माइतीघर मण्डला हुँदै वानेशवरसम्म र्याली प्रस्तुत हुने आयोजक राजेश जलानले बताए ।
उनले ३० दलीय गठबन्धनलाई सघाउने उद्देश्यले यो र्याली निकालिएको होइन, संयोग नै त्यस्तो परेको बताए । उनले मानव जातीको सँस्कार प्रयोग हुने धोतीलाई राजधानीवासील हेयको दृष्टिले हेर्ने गरेको र धोती भनेर मधेशीलाई हेप्ने गरेको कारण सो भ्रम हटाउन यस्तो र्याली गर्न लागेको बताए । उनले गठबन्धनले आफ्नो कार्यक्रम घोषणा गर्नुभन्दा पहिले नै आफूहरुले यो कार्यक्रम घोषणा गरेकाले यसलाई संयोग मात्र भन्न सकिने बताए । र्यालीमा सहभागि हुनेहरुको धोती, गम्छा र कुर्ता पहिरन हुनेछ ।


