नयाँ बानेश्वरका एक ट्रक लाठी भेटियो, राजधानीको सुरक्षा व्यवस्था कडा
जको शक्ति प्रदर्शनका विभिन्न स्थानमा लुकाइराखेका लाठी प्रहरीले बरामद गरेको छ । त्यसैगरी थानकोटस्थित एक घरबाट सात सय लाठी प्रहरीले बरामद गरेको छ। जगते, कोटेश्वर, जटीबुटी, बालाजुलगायत स्थानबाट प्रहरीले लाठी बरामद गरेको छ।
शक्ति प्रदर्शनले हिंसात्मक नहोस् भन्ने सरकारले राजधानीको सुरक्षा व्यवस्थालाई कडा बनाएको छ। उपत्यका प्रवेश गर्ने थानकोट, फर्पिङ, बालाजु बाइपास, बौद्धलगायतका सबै स्थानमा सवारी साधनलाई कडाइका साथ जाँच गरिएको छ।
महानगरीय प्रहरी आयुक्तको कार्यलयका प्रवक्ता नारायणसिंह खडकाले सुरक्षा जाँचलाई कडा पारिएको र शंकास्पद स्थानमा छापा मारेर लाठी बरामद गर्ने काम भइरहेको बताए।
