‘हाउ फन्नी’ को लभ सङ ‘यो के हो माया जस्तै’ अनुप र केकीको रोमान्स यस्तो छ - भिडियोसहित
काठमाडौं, फागुन १६ । नेपाली चलचित्र ‘हाउ फन्नी’ को लभ सङ ‘यो के हो माया जस्तै’ सार्वजनिक भएको छ । गीतमा शब्द शान बस्न्यात, संगीत सुरेश अधिकारी तथा स्वर दीपक लिम्बु र मिलन अमात्यको रहेको छ ।

कालिन्चोकको हिउमा खिचिएको यस गीतमा केकी अधिकारी र अनुप बिक्रम शाहीले पहिलो पटक जोडी बाधेक हुन् । यस गीतमा कोरियोग्राफी रेनाशा वान्तवा राईको रहेको छ । गीत छयांकनलाई सम्झिदै रेनेशाले भनिन, ‘हामीले केकी र अनुपलाई गीतमा जोडी बनाइ रहेका थियौं, हिउमा गएर निकै मेहनत गरेका थियौ त्यो सबै आज बिर्सियौ गीत हेर्दा ।’

गत पौषमा खिचिएको गीतमा जाडोको पर्वाह नगरी अनुप र केकीले रोमान्स गरेका छन् । गीत छायांकनको पललाई सम्झिदै केकीले भनिन्, ‘यो गीत हामी सब्बैको बेस्ट थियो । गीत छायांकन अघि नै मेरो खुट्टामा समस्या आएको थियो तर पनि कालिन्चोक पुगेर छायांकन गरे ।

निर्देशक निलु डोमा शेर्पा भन्छिन्, ‘सानै देखि रोमान्टिक गीतहरु हिउमा खिचेको देखेको थिए र रहर थियो आफुले फिल्म गर्दा पनि त्यसरी नै गीत बनाउने सपनाथ्यो । अन्तत सपना पुरा गर्न केकी र अनुपलाई दुःख दिए ।’
