मिति: २०७१ फाल्गुन १७ आईतवार
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
पारिवारिक सद्भाव बढ्नेछ। धन आर्जनमा वृद्धि हुनेछ। रोजगारीको अवसर प्राप्त हुनेछ। मन शान्त हुनेछ। पारिवारिक सम्बन्धमा सुधार आउनेछ।
वृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
व्यापारिक अवरोधको सामना हुनेछ। वैदेशिक कार्य सफल रहनेछ। बोलीको प्रभाव बढ्नेछ। अध्ययन सफल रहनेछ। दैनिक कार्यमा सन्तुष्टि मिल्नेछ।
मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
धार्मिक कार्यमा मन लाग्नेछ। व्यापारिक प्रतिष्ठा बढ्नेछ। दैनिक खर्चमा नियन्त्रण हुनेछ। आफन्तको सहयोग प्राप्त हुनेछ। वैदेशिक यात्राको योग छ।
कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
टाढिएका मित्रको सामीप्य प्राप्त हुनेछ। सवारीसाधन चलाउँदा ध्यान दिनुहोला। स्वास्थ्यमा समस्या देखापर्नेछ। तार्किक क्षमता बढ्नेछ। श्रीप्राप्ति हुनेछ।
सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
धार्मिक कार्यमा खर्च बढ्नेछ। आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन्। पारिवारिक सुख मिल्नेछ। मनमा शंका र द्विविधा बढ्नेछ। साथीभाइको सहयोग पाइनेछ।
कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
अध्यापनमा सफलता मिल्नेछ। समाजमा मानप्रतिष्ठा बढ्नेछ। व्यापारव्यवसायमा सुधार आउनेछ। राजनीतिक कार्यको चर्चामा दिन बित्नेछ।
तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
प्रेमीप्रेमिकाबीच प्रगाढ सम्बन्ध कायम हुनेछ। साहित्य लेखनमा रुचि बढ्नेछ। परिवारको सहयोग पाइनेछ। राजनीतिक कार्यमा बाधाव्यवधान देखा पर्ला।
वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
रोजगारका क्षेत्रमा सम्मान प्राप्त हुनेछ। आयआर्जन वृद्धि हुनेछ। भाग्यशक्ति उर्वर रहनेछ। विश्वासिला व्यक्ति ले धोका दिनेछन्। कान्ति बढ्नेछ।
धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
दैनिक कार्यमा सफलता मिल्नेछ। अध्ययनमा परिश्रम बढ्नेछ। मनमा चञ्चलता बढ्नेछ। पेटसम्बन्धी समस्याले सताउला। कार्यमा रुचि बढ्नेछ।
मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
प्रेमीप्रेमिकाबीच मनमुटाव बढ्नेछ। साझेदारी कार्यमा विवाद उत्पन्न हुनेछ। रमाइलो यात्रा होला। मान्यजनको सहयोगले अल्झिएका कार्यहरू नियमित हुनेछन्।
कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
मनमा चञ्चलता बढ्नेछ। आयआर्जनमा सुधार हुनेछ। स्वास्थ्यमा समस्या देखापर्नेछ। व्यापारव्यवसायमा अपेक्षाकृत सफलता मिल्नेछ।
मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
कार्यमा उत्साह र विश्वास बढ्नेछ। अचल सम्पत्तिको खरिदबिक्री हुनेछ। यात्रामा सफलता मिल्नेछ। सायंकालीन समय सुखद रहनेछ।