२८ हजार नेपाली भाषाी भुटानीले नागरिकको दर्जा पाएनन्

सन् १९९० को दशकको सुरुमा राजनीतिक आन्दोलनमा जोडिएको आरोप लगाउँदै खोसेर दरबार पुर्याइएको नागरिकता उनीहरुले अझै नपाएका हुन् ।
‘सन् १९९० को दशकमा राजनीतिक आन्दोलनमा लागेका हामीलाई सरकारले देशनिकाला गर्यो,तर आन्दोलनमा कतै न कतै जोडिएको आरोपमा २८ हजार नेपाली भाषीको नागरिकता खोसेर राजाकहाँ पुर्याइएको छ ।
त्यो फिर्ता नपाउँदा उनीहरुले आधारभूत सुविधाबाट पनि बञ्चित हुनुपरेको छ,’भुटान नेशनल डेमोक्रेटिक पार्टी (विएनडिपी) का कार्यकारी अध्यक्ष डा. डिएनएस ढकालले भने ।
नेपालीभाषीलाई अनागरिक बनाउने तत्कालीन सरकारको निर्णयविरुद्द आन्दोलित भएका नेपालीभाषी र सारछोक्पा जातिका भुटानीलाई राजाको आदेशमा देशनिकाला गरिएको छ ।
