Header Ads

बलिउड अभिनेत्री सोनम कपुरलाई स्वाइन फ्लु

एजेन्सी । बलिउड अभिनेत्री सोनम कपुरलाई स्वाइन फ्लु भएको छ । रुघाखोकी र उच्च ज्वरोपछि शनिबार राजकोर्टको स्टर्लिङ अस्पताल भर्ना भएकी उनलाई स्वाइन फ्लु देखिएको अस्पताल स्रोतले जनाएको छ ।

रगत परीक्षणपछि प्राप्त रिपोर्टले उनमा स्वाइन फ्लु लागेको पुष्टि भएको हो । सोनम अस्पतालमा डाक्टर चिराग मत्रबद्याको रेखदेमा छिन् । केही समयअघि शारीरिक कमजोरीका कारण उनी मुम्बइको अस्पताल भर्ना भएकी थिइन् ।

सोनम राजकोटले रोयल प्यालेसमा सुरज बडजात्याको पिल्म ‘प्रेम रतन धन पायो’ को सुटिङ गरिरहेको अवस्थामा बिरामी परेकी हुन् । सोनमसँगै उनका फिजिकल ट्रेनरलाई स्वाइनफ्लु देखिएको समाचारमा जनाइएको छ ।

अस्पताल स्रोतले सोनममा स्वाइन फ्लु उनकै ट्रेनरबाट सरेको पनि पुष्टि गरेको छ । आजको नागरिक दैनिकमा खबर छ ।
Powered by Blogger.