प्रहरीले नपाउने भए निर्धक्कले फेसबुक चलाउन

फेसबुकमा आफ्नो प्रचार प्रसार गर्ने प्रहरीलाई विभागीय कारबाही गर्ने बताएका छन् । सोमबार बढुवामा भएका डीएसपीलाई फुली लगाउने कार्यक्रममा अर्यालले साइबर सेलिब्रेटी बन्ने प्रवृति गलत भएको बताए । नेपाल प्रहरीले फेसबुक,ट्विटरलगायत सामाजिक सञ्जाल प्रयोगका लागि निर्देशिका नै बनाएर लागू गरेको छ ।
जसमा राजनीतिक टिप्पणी नगर्न,नीति विपरित संगठनसम्बन्धी टीका–टिप्पणी गर्न नहुनेलगायतका विषय औंल्याइएको छ । तैपनि,केही प्रहरी अधिकारीले फेसबुकमै नेतृत्वको आलोचना गर्ने तथा आफ्नो कामको प्रचारप्रसार गर्दै आएका छन् ।
सामाजिक सञ्जालमा प्रचार प्रसार र आलोचना गर्दा सुरक्षा संगठनलाई असर पुर्याउने भन्दै आइजिपी अर्यालले अबदेखि त्यस्ता प्रहरीलाई विभागीय कारबाही गर्ने चेतावनी दिएका छन् । उच्च तहका प्रहरी अधिकारीहरुले पनि वेलावेलामा संगठनको गतिविधिबारे फेसबुकमै असन्तुष्टि पोख्ने गरेका छन् ।
कामको वास्तविक मूल्यांकन हुने भन्दै आइजिपी अर्यालले फपेसबुकमा लाइक र कमेन्ट बढ्दैमा आन्तरिक नम्बर नबढ्ने बताए ।
