अमेरिका, भारत र नेपालमा एकै पटक सार्वजनिक 'सगुन'

अमेरिका, भारत र नेपालमा एकै पटक सार्वजनिक
काठमाडौं । नेपालीले विकास गरेको नयाँ सामाजिक सञ्जााल 'सगुन' विश्वभर एकै साथ सार्वजनिक भएको छ। सञ्जाल नेपालसहित भारत र अमेरिकामा एकै पटक सार्वजनिक गरिएको हो। नेपालमा भने सगुन डटकमलाई इन्फरमेन कम्युनिकेशन टेक्नोलोजी (आइसिटी)नेपालले राजधानीमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।
यस्तो पेज भएको साइट अमेरिकामा रहेर कार्यरत नेपाली इन्जिनियर गोविन्द गिरीले स्थापना गरेको कम्पिनी सगुन इंकले निर्माण गरेको सफ्टवेयर हो। गिरी कुनै समय पेन्टागनमा सिस्टम इन्जिनियरको रुपमा काम गर्दा सगुनको सफ्टवेयरको विकास गरे र गुगलजस्तै सर्च इन्जिन बनाउने प्रयास गरेका थिए।
सगुनमा फेसबुक, ट्वीटर, ह्वाट्स एप, स्न्याप च्याट, इस्टाग्रामसहितका मेसेजिङ विशेषता रहेको छ। यसका अतिरिक्त यसमा खाता खाता खोल्दा, साथी बनाउँदा, सेक्रेट म्यासेज पठाउँदा साइटमा इन्गेज भएर पुरस्कार प्राप्त हुन्छ।
यसलाई सगुन सोसल स्मार्ट कार्डको रुपमा समेत प्रयोग गर्न सकिने आइसिटी नेपालका संस्थापक समेत रहेका राजु कट्टेलले भने, ‘विशेष प्रकारले डिजाइन गरिएको यो कार्डले ग्राहकलाई अनलाइन सपिङ गर्न मिल्ने र अनलाइन मार्फत नै उपहार प्रदान गर्न समेत सहज बनाउँछ।’
कुनै पनि विज्ञापन बिना अहिलसम्म सगुनमा १ लाख १६ हजार प्रयोगकर्ता आवद्ध भइसकेका छन्। नेपालमा भने वार्षिक पाँच लाख प्रयोगकर्ता बनाउन लक्ष्य रहेको सगुनका कन्सल्ट्यान्ट कट्टेलले बताए।

विश्वनव्यापी रुपमा सुरुवात गरिएको यो सामाजिक सञ्जालमा प्रयोगकर्ताले आफ्नो खाता खोल्दा, साथी बनाउँदा रिवार्ड नगद पुरस्कार दिने विशेषतासहित खोलिएको सगुनका सर्भिस कन्सल्ट्यान्ट राजु कट्टेलले बताए। उनले वेवसाइटमै सोसल स्मार्ट कार्ड, व्यक्तिगत तथा व्यावसायिक पेज भएको साइट खुल्नेल बताए।
यस्तो पेज भएको साइट अमेरिकामा रहेर कार्यरत नेपाली इन्जिनियर गोविन्द गिरीले स्थापना गरेको कम्पिनी सगुन इंकले निर्माण गरेको सफ्टवेयर हो। गिरी कुनै समय पेन्टागनमा सिस्टम इन्जिनियरको रुपमा काम गर्दा सगुनको सफ्टवेयरको विकास गरे र गुगलजस्तै सर्च इन्जिन बनाउने प्रयास गरेका थिए।सगुनमा फेसबुक, ट्वीटर, ह्वाट्स एप, स्न्याप च्याट, इस्टाग्रामसहितका मेसेजिङ विशेषता रहेको छ। यसका अतिरिक्त यसमा खाता खाता खोल्दा, साथी बनाउँदा, सेक्रेट म्यासेज पठाउँदा साइटमा इन्गेज भएर पुरस्कार प्राप्त हुन्छ।
यसलाई सगुन सोसल स्मार्ट कार्डको रुपमा समेत प्रयोग गर्न सकिने आइसिटी नेपालका संस्थापक समेत रहेका राजु कट्टेलले भने, ‘विशेष प्रकारले डिजाइन गरिएको यो कार्डले ग्राहकलाई अनलाइन सपिङ गर्न मिल्ने र अनलाइन मार्फत नै उपहार प्रदान गर्न समेत सहज बनाउँछ।’

प्रयोगकर्ताले यसमा खाता खोल्नासाथ आफ्नो पिग्गी बैंकमा ५ डलर प्राप्त गर्छ। त्यसै गरी अन्य गतिविधिबाट जम्माम भएको रकम निश्चित समयपछि सगुन इंकले आधिकारिता प्रदान गरेका विक्रेतासँग आफ्नो स्मार्ट कार्ड प्रयोग गरेर सपिङ गर्न सकिन्छ।
कुनै पनि विज्ञापन बिना अहिलसम्म सगुनमा १ लाख १६ हजार प्रयोगकर्ता आवद्ध भइसकेका छन्। नेपालमा भने वार्षिक पाँच लाख प्रयोगकर्ता बनाउन लक्ष्य रहेको सगुनका कन्सल्ट्यान्ट कट्टेलले बताए।