Header Ads

नयाँ जहाज ‘सगरमाथा’लाई उडान अनुमति प्राप्त

काठमाडौँ । भारतीय नागरिक उड्डयन प्राधिकरणले आज साँझ अबेर नेपाल वायु सेवा निगमको नयाँ जहाज ‘सगरमाथा’ लाई नयाँ दिल्ली उडान अनुमति प्रदान गरेको छ ।

भारतीय उड्डयन प्राधिकरणले आज साँझमात्र उडान अनुमति दिएको जानकारी दिँदै निगमका प्रवक्ता रामहरि शर्माले आगामी शुक्रबारदेखि उडान सुरु गरिने जानकारी उहाँले दिनुभयो । उडान अनुमतिमा ढिलाइ हुँदा आज तय गरिएको निगमको काठमाडाँै–दिल्लीको पहिलो उडान रद्द भएको थियो ।

निगमका अनुसार नयाँ दिल्लीका लागि एकतर्फी प्रवद्र्धनात्मक भाडादर नेपालीका लागि रु सात हजार १०० र विदेशीका लागि आठ हजार भाडा तोकिएको छ । निगमले यसअघि नयाँ दिल्ली उडान भर्दै आए पनि विमानको कमीले उडान स्थगन गरेको थियो ।

हाललाई नयाँ दिल्लीको उडान सोमबार, बुधबार, शुक्रबार र शनिबार हुने निगमले जनाएको छ । निगमले गत माघमा एयरबस ‘ए ३२०–२००’ जहाज नेपाल भित्र्याएको थियो ।
Powered by Blogger.