Header Ads

एसिड आक्रमणका घाइतेको उपचार खर्च सरकारले व्यहोर्ने

काठमाडौं, फागुन १४ । तेजाब आक्रमणमा परी घाइते भएका दुई किशोरीको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ । जिल्ला प्रशासन कार्यालयले उपचार खर्चका लागि बुधबार गृह मन्त्रालयलाई पत्राचार गरेको छ ।

एसएलसीको ट्युसन पढ्न गएका बेला झोंछेस्थित ए प्लस ट्युसन सेन्टरमा आइतबार संगीता पुलामी मगर र सीमा बस्नेतमाथि तेजाव आक्रमण भएको थियो । संगीताको के एमसी अस्पतालमा तथा सीमाको वीर अस्पतालमा उपचार भइरहेको छ ।

घाइते सीमालाई भेट्न बुधबार वीर अस्पताल पुगेका गृहमन्त्री वामदेव गौतमले सरकारले सबै उपचार खर्च व्यहोर्ने बताएका छन् । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालसहितका अधिकारीहरु पनि वीर अस्पताल पुगेका थिए ।

काठमाडौंका सिडियो एकनारायण अर्यालले घाइते किशोरीहरुलाई तत्काल राहतका लागि जिल्ला महिला राहत कोषबाट २०–२० हजार प्रदान गरिएको र थप खर्चका लागि गृह मन्त्रालयलाई लेखिपठाइएको बताए,आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
Powered by Blogger.