Header Ads

विचित्रको यौन विचलन - डा.गंगा पाठक

मनोसामाजिक समस्यामा परेकाहरूलाई परामर्श दिन थालेको पनि २० वर्ष भएछ। पहिले डाक्टरहरूसँग मिलेर परामर्श दिने गरेकी थिएँ। आफैं संस्था खोलेर परामर्श दिन थालेकोचाहिँ १८ वर्ष भयो। मानसिक समस्यासम्बन्धी पाँच सय र बच्चा, करिअर, किशोरकिशोरीसम्बन्धी परामर्श दिएको त २० हजारभन्दा बढी भइसकेको छ।
त्यत्तिकै सिर्जना हुँदैन मनोसामाजिक समस्या। यसको पछि कारण हुन्छ। त्यसैले मनोसामाजिक समस्या समाधानका लागि हामी व्यक्तिगत र सामाजिक कारण पत्ता लगाउँछौं। पहिले सामाजिक कारण पत्ता लगाउँछौं, त्यसपछि व्यक्तिगत।  कारणहरू हाइलाइट गर्छौं, कारण यो हुनसक्छ भनी सेवाग्राहीलाई बताउँछौं। अनि समस्यासँग क्षमता विकास गराउँछौं।  सकारात्मक सोच विकास गर्ने, त्यसलाई व्यवस्थापन गर्ने तथा आत्मबल दह्रो बनाउने उपायहरू सुझाउँछौं। समाज त्यही हो। 
हामी समाजलाई परिवर्तन गर्न सक्दैनौं तर आफ्नो सोच परिवर्तन गर्न सक्छौं। समाजलाई हेर्ने दृष्टिकोण बदल्न सक्छौं। यी सब सिकाउँछौं। खासमा नेपालमा नयाँ शिक्षा लागू भएपछि परामर्शदाता विद्यालयमा राख्नुपर्छ भन्ने व्यवस्था भयो। नयाँ शिक्षा एेनमा यसको व्यवस्था छ। केटाकेटीका विविध समस्या हुन्छन्। समयमै समाधान गर्दा सिकाइ राम्रो हुन्छ। 
तर, यो व्यवस्था व्यवहारमा लागू भएन। पहिले पनि विभिन्न च्यारिटीमार्फत परामर्श हुन्थ्यो। खासगरी सेन्ट जेभियर र सेन्ट मेरिजमा फादरहरूले मनोसामाजिक परामर्श दिने गरेका थिए।
बढ्दो छ मानसिक तनाव
अहिले डरलाग्दो किसिमले मानिसमा तनाव बढिरहेको छ। हरेक घरमा मानसिक समस्या नभएको मानिस भेट्न गाह्रो छ। सानादेखि ठूलासम्मको मानसिक समस्या छ, हरेकजसो घरमा। महानगरपालिकाको अध्ययनबाट पनि धेरै घरमा मानसिक समस्याबाट पीडित व्यक्ति पाइएको छ। 
कतिपय मनोचिकित्सककहाँ गएर औषधि खाने, कतिपय धामीझाँक्री र ज्योतिषमा विश्वास गरेर बस्ने गरेका छन्। कतिपय मानसिक समस्या भएको छ भन्ने स्वीकार नगरी बसिरहेको अवस्था पनि छ। समाजले नराम्रो नजरले हेर्ला भन्ने डरले तथा लाजले समस्याग्रस्त व्यक्ति बाहिर आउन सकिरहेका छैनन्। 
हुन पनि मानसिक समस्या भएकालाई समाजले हेर्ने दृष्टिकोण पनि राम्रो छैन। त्यसैले रोग लुकाउने प्रवृत्ति छ। अहिले आफूलाई मधुमेह भएकाहरू 'मलाई सुगर छ चिनी नहाल्नू' भन्छन्। 
उच्च रक्तचाप भएकाहरू 'मेरो प्रेसर हाई छ, कम नुन हाल्नू' भन्छन्। तर, मनासिक समस्या भएकाहरू भने 'मलाई डिप्रेसन छ' भन्न डर मान्छन्। त्यसैले बाध्यात्मक रूपले रोगलाई लुकाउँछन्।
हेर्नोस्, मनासिक रोग कस्तो रोग हो भने गम्भीर भएपछि सामान्य अवस्थामा ल्याउन सकिन्न। औषधि खाएर नियन्त्रण गर्नेमात्र हो, निर्मूल गर्न सकिँदैन। त्यसैले बेलैमा समस्याको समाधान खोज्नु आवश्यक छ।
अनेक प्रकारका मानसिक तनाव
समाज विखण्डन हुने, अस्वस्थ प्रतिपस्पर्धा, आपसी मनमुटाव, झैझगडा, द्वन्द्वात्मक समस्याले मानसिक तनाव बढाउँदै लगेको छ। श्रीमान्-श्रीमती, सासू-बुहारी अनि बुवा-आमा र छोरा-छोरीबीच यस्तो समस्या बढ्दो छ। 
मानिस दिनदिनै महात्त्वाकांक्षी हुँदैछन्, हरेक समाजमा। खानपिन र रहनसहन अप्राकृतिक हुँदै गइरहेको छ। सम्बन्ध र व्यवहार पनि अप्राकृतिक र देखावटी देखिन थालेको छ। अनि मान्छे स्वकेन्द्रित हुँदैछन्। 
यसरी मनोसामाजिक समस्या बढिरहेको छ। द्रूत गतिमा विकसित विद्युतीय सञ्चारमाध्यम (टीभी, ल्यापटप, मोबाइल) उनीहरूको प्रिय वस्तु हुन पुगेका छन्। यिनको चरम दुरूपयोगले पनि मानिस दिनदिनै तनावग्रस्त हुन पुगेका छन्।
एकजना व्यक्ति मकहाँ आए, छोरीको समस्या लिएर। 'ए' लेभल गरिरहेकी। छोरीको बाहिरी समस्या देखियो, कलेज जान नखोज्ने, ढिलो उठ्ने। ती बुवालाई छोरी बिहान उठ्न नसक्नुको कारण जान्न मन लागेछ।
एक रात चाबी लगाउने प्वालबाट हेर्दा त छोरी आफ्नो ल्यापटपमा ब्लु फिल्म हेर्दै गरेकी पो भेटिइन्। त्यो रात ती व्यक्तिले छोरीलाई केही गरेनन्, केही भनेनन्। 

भोलिपल्ट बिग्रियो भन्ने बहानामा चुकुल र चाबी झिकिदिएछन्। छोरी बुवासँग झगडामा उत्रिइछन्, आफ्नो गोपनीयता भएन भन्दै। भोलिपल्टको राति २ बजेसम्म छोरी नसुतेको अवस्थामा फेला परिन्। 
मोबाइलमा कोहीसँग झगडा गर्दै गरेको, सामान्य वार्तालाप गर्दै गरेको र कहिले रुँदै गरेको अवस्थामा। त्यसपछि बुवाले खप्न सकेनन्, छोरीको मोबाइल कुच्याएर फुटाइदिए। अनि छोरी पनि के कम? रिसको आवेगमा आएर बुवाको मोबाइल फुटाइदिइछन्।
पछि मैले परामर्श दिएँ, अभिभावक र छोरीको सम्बन्ध कस्तो हुनुपर्ने, अभिभावकको भूमिका के हो भन्नेबारेमा। छोरीलाई परामर्श दिएँ। अहिले उनी सुध्रिएर पढाइ राम्रो गरिरहेकी छन्।
यौन तनावको समस्या
अहिलेको पुस्ता विद्युतीय सामग्रीबाट फिल्म हेर्छ। उमेर नपुग्दै खुलेआम ब्लु फिल्म हेर्नेको संख्या बढ्दै गइरहेको छ। त्यसले मस्तिष्कमा नराम्रो प्रभाव पार्छ। जिज्ञासा बढ्छ। अभ्यास गर्न मन लाग्छ। अनुभव बटुल्न मन लाग्छ।
रोजगारका लागि होस् वा पढ्न जाने होस्, विदेशमा स्वतन्त्रताको दुरुपयोग भइरहेको छ। प्रेमी, प्रेमिका बनाउने, लिभिङ टुगेदर बस्ने चलनले यौन भन्ने कुरालाई सामान्य बनाएको छ। 
यसले हाम्रो संस्कार, नैतिक मूल्य र मान्यताको मापदण्डलाई नै बिर्सायो। कसैसँग पनि यौनसम्बन्ध स्वस्थकर हुन सकेन। अहिले एउटा केटीको चारवटाजति प्रेमी हुन्छन्। केटाको पनि त्यस्तै हुन्छ। प्रेम गर्छन्, प्रेम टुट्छ र फेरि जोडिन्छ।
यो साह्रै सजिलो हुन पुगेको छ। त्यसले विकृतितिर लगिरहेको छ। अहिले प्रेम गर्नेमध्ये ५० प्रतिशतको आफ्नो प्रेमी वा प्रेमिकासँग शारीरिक सम्बन्ध हुन्छ। त्यसको कारण गर्भधारण हुन्छ।
यसबाट कोही आत्महत्या गर्ने, कोही डिप्रेसनमा जाने पनि हुन्छ। कसैले गर्भपतन गरेर विवाह गर्छन्। सम्बन्ध राम्रो हुँदैन।
गर्भपतन गराएर अभिभावकले आफ्नी छोरीलाई विदेश पठाउने गरेका छन्। मकहाँ समस्या लिएर आउने केही व्यक्तिको यौन तनावका बारेमा उल्लेख गर्न चाहन्छु।
पूर्वप्रेमीसँग यौनसम्बन्ध

एक नवविवाहित महिला मकहाँ आइन्, डिप्रेसनको समस्या लिएर। कारण रहेछ, यौन निराशापन। उनको पहिलेको ब्वाइफ्रेन्डसँग शारीरिक सम्बन्ध भइसकेको रहेछ। आमाबाबुको करकापमा परी अर्को केटासँग विवाह भएको छ।
नयाँ व्यक्तिसँग विवाह भएर नयाँ संसारमा प्रवेश गरिसकेकी ती महिलाले आफ्ना पूर्वप्रेमीसँगको भेटघाटलाई निरन्तरतामात्रै दिइनन्, यौनसम्बन्ध पनि कायम गरिछन्। जुन दिन पूर्वप्रेमीसँग उनको यौनसम्बन्ध भयो, त्यही दिन श्रीमान्‌ले थाहा पाएछन्। 
झगडा भएछ, मनमुटाव सुरु भएछ। एकातिर आफ्नो श्रीमान्‌सँगको खटपट, अर्कातिर पूर्वप्रेमीसँगको निरन्तर भेट र यौनसम्बन्ध। 
तर, पूर्वप्रेमी उनलाई लैजान राजी नभएपछि उनमा डिप्रेसन भएको रहेछ। पछि श्रीमान्‌सँग उनको सम्बन्धविच्छेद भयो। अहिले उनी विदेशमा छिन्।
श्रीमान् जबरजस्ती
एकजना भाउजूले आफ्नी नन्दलाई लिएर आइन्, मकहाँ। विवाह भएको तीन महिनाभित्रै श्रीमान्ले निर्मम यातना दिएर घरबाट निकालिदिएका रहेछन्। 
त्यसपछि उनी माइत आइन्। तीनचारजना मनोचिकित्सककहाँ पनि पुगिसकेकी रहिछन्। तीनचारपटक आत्महत्या गर्ने प्रयास पनि गरेकी रहिछन्। त्यसपछि यहाँ आएकी रहिछन्।
लामो समयदेखि उनका श्रीमान् दुबईमा रहेछन्। ती व्यक्ति परेछन्, केटीसँग यौनअनुभव हासिल गरिसकेका। उनलाई बानी परेको रहेछ, अप्राकृतिक किसिमको यौनअनुभव लिने।
अनि श्रीमतीले नमान्दा बलजफ्ती मुखमा रक्सी कोचाइदिने, रक्सीले मातेपछि मनमौजी गर्ने। यातनापूर्ण सम्बन्ध राख्ने हरेक दिन। त्यसो गरेपछि बस्न नसकेको र पागलजस्तै हुन पुगेकी ती महिलालाई म मनोसामाजिक परामर्श दिएर उनको आत्मबल बढाउने प्रयास गरिरहेकी छु। उनलाई आफ्नो अधिकारप्रति सचेत गराइरहेको छु।
स्कुलमै हस्तमैथुन
कुनै एकजना सरकारी अफिसर। छोराछोरीलाई समय दिनसक्ने उनले घरमा एकजना सहयोगी राखेका रहेछन्। 
तिनै सहयोगीले गलत कुरा सिकाइदिएछ, उनको सानो छोरालाई। ती सहयोगी मोबाइलबाट ब्लु फिल्म देखाएर बालकलाई उत्तेजित गराउँदा रहेछन्। 
त्यही खालको अभ्यास पनि गर्न थालेछन्, एकापसमा। कतिसम्म भने स्कुलको कुना तथा शौचालयमा मोबाइलबाट अश्लील चलचित्र हेर्दै हस्तमैथुन गर्ने बानी परेको रहेछ, त्यो बालकलाई। स्कुलले नै रंगेहात समातेर मकहाँ ल्याइदियो।
अहिलेको पुस्ता विद्युतीय सामग्रीबाट फिल्म हेर्छ। उमेर नपुग्दै खुलेआम ब्लु फिल्म हेर्नेको संख्या बढ्दै गइरहेको छ। त्यसले मस्तिष्कमा नराम्रो प्रभाव पार्छ। जिज्ञासा बढ्छ। अभ्यास गर्न मन लाग्छ। अनुभव बटुल्न मन लाग्छ।
रोजगारका लागि होस् वा पढ्न जाने होस्, विदेशमा स्वतन्त्रताको दुरुपयोग भइरहेको छ। प्रेमी, प्रेमिका बनाउने, लिभिङ टुगेदर बस्ने चलनले यौन भन्ने कुरालाई सामान्य बनाएको छ। यसले हाम्रो संस्कार, नैतिक मूल्य र मान्यताको मापदण्डलाई नै बिर्सायो।
मकहाँ ल्याइँदा त्यो बालक मेरै कार्यालयको बाथरुमभित्र पसेर लामो समयसम्म निस्केन। मैले ढोका ढक्ढक्याएर ढोका खोल्न लगाएँ। त्यो बालकले मेरो अनुहारमा हेर्नसम्म सकेन। हरेक दिन ६ महिनासम्म उपचार गरेपछि बल्ल ठीक भएको छ।
समलिंगी भएकैले लागूऔषध
भर्खरै टिनएज पार गरेकी एकजना केटी मेरो सम्पर्क आइन्, अचम्मको व्यवहार देखाउने। समूहका व्यक्तिसँग सीधा नजरले हेर्न नसक्ने। परामर्शका क्रममा थाहा भयो, उनी समलिंगी रहिछन्। 
यौनसम्बन्धका लागि तीनचारजना केटी साथी रहेछन्। समाजले आफूलाई स्वीकार गर्दैन भनेर आत्मबल गिरेको रहेछ। त्यसपछि गाँजा तथा अन्य लागूऔषध खान थालेकी रहिछन्। 
उनका अभिभावकलाई पनि बोलाएर उनको जस्तो यौनिक अवस्था छ, त्यसलाई सम्मान गर्नुपर्छ भन्ने योजनामा छु। केटीलाई चाहिँ हीनताबोधबाट मुक्त बनाउने प्रयासमा छु।
डिप्रेसनको कारण आमाको ब्वाइफ्रेन्ड
रिसाउने र झर्को मान्ने एउटी केटी आइन् मेरो सम्पर्कमा। डिप्रेसन भइसकेको रहेछ। नाडीको नसा काटेर मर्ने कोसिस गरिसकेकी उनको समस्या आमाको कारण भएको रहेछ। 
उनकी आमाको पहिलो श्रीमान्बाट उनको जन्म भएको रहेछ। आमाको चाहिँ तेस्रो विवाह पनि असफल भइसकेको। 
उनकी आमाको अहिले चौथो केटासित सम्बन्ध छ। उनलाई आमाको अर्को ब्वाइफ्रेन्ड भएको मन नपरेपछि उनी डिप्रेसनमा गएकी रहिछन्।
परपुरुषसँग आमा रंगेहात भेटिँदा
भर्खरै टिनएजमा प्रवेश गर्दै गरेका एक किशोरको मनोदशा। उनका बुवा कामको सिलसिलामा बाहिर गइरहनुपर्ने। त्यही मौकाको फाइदा आमाले उठाउँदी रहिछन्। 
एक दिन दिउँसो उनी घरमा आउँदा आमा त परपुरुषसँग सम्भोगरत। त्यसपछि उनले भान्सामा गएर तरकारी काट्ने चक्कु ल्याएर ती पुरपुरुषलाई हानेछन्। तर, ती पुरुष ढोकाबाट निस्केर फुत्त भाग्न सफल भएछन्। 
गल्ती गर्ने आमाले नै उनलाई पिटेपछि ती किशोर घर छाडेर हिँडेछन्, केही दिन। आमाको ब्वाइफ्रेन्डले पनि बारम्बार धम्की दिने। ती किशोर स्कुलमा मुर्छा पर्न थालेछन्, घर फर्केपछि आमा र आमाको ब्वाइफ्रेन्डले पिट्छ भन्ने मनोविज्ञानका कारण। 
स्कुलले नै ती किशोरलाई मकहाँ ल्याइदियो। बाबुआमाको सम्बन्ध बिग्रन्छ भनेर आफ्ना बाबुलाई आमाको चर्तिकला सुनाएको रहेनछ। आत्मनिर्भर भइसकेको उसको आमासँग भेटघाट र बोलचालै छैन।
अनौठो यौन विचलन
एउटा २०/२१ वर्षको केटा। अनौठो यौन विचलन आएको रहेछ। राम्रो लुगा लगाएर हिँडेका तरुनी किशोरी देख्नासाथ केही दिमागमा नआउने, झ्याम्म अँगालो मार्न मन लाग्ने। केटीले पिट्दा अनि गाली गर्दा यौनसन्तुष्टि प्राप्त हुने। 
एक दिन नराम्ररी पिटाइ खाएछन्। राम्रो परिवारको मान्छे। मेरो कार्यालयमा आउँदा रिसेप्सनिस्टलाई देखेर त्यसै गर्ने इच्छा लागेछ। 
तर, यहाँ त त्यसो गर्न मिलेन। आफूलाई नियन्त्रण गरेर भागेछ। पछि यहाँ आएर मलाई सबै भन्यो। उसलाई मैले हेर्दै हेरिनँ। आफैंलाई दुव्र्यवहार गर्ला भनेर डर पो लाग्यो। त्यसपछि मैले सेक्सोलोजिस्टकहाँ पठाइदिएँ।
सर्वांग नांगिएर श्रीमान्‌सँग बार्गेनिङ
नवविवाहित एक दम्पतीमा द्वन्द्व बढ्दै गयो। सम्बन्धविच्छेदका लागि एकअर्कामा दबाब दिन थालेछन्। केटाले एकपटक काउन्सिलिङमा जाऔं न त भनेछन्। राम्रो परिवारको एउटै छोरो। 
यसरी दम्पती परामर्श लिन आउँदा छुट्टाछुट्टै कुरा सुन्छौं। हामीले केटी पीडित होलिन् भनेर पहिला उनकै कुरा सुन्यौं। केटीले आफ्नो कमीकमजोरी लुकाइरहिन् र केटालाई नै दोष लगाइरहिन्। केटी पनि पढेलेखेकी।
उनीहरूले विवाह गरेको चार महिना भएको रहेछ। केटीको बानीचाहिँ के रहेछ भने आफू सर्वांग नग्न भई केटालाई उत्तेजित पार्ने तर यौनसम्बन्ध राख्नै नदिने। 
अनि 'मेरो शरीरमा छुने भए एक करोड दे' भन्ने। सम्बन्धविच्छेद गर्ने भए सम्पूर्ण सम्पत्ति माग्ने। त्यसपछि उनीहरूको सम्बन्धविच्छेद भयो। अहिले सम्पत्तिमा मुद्दा चलिरहेछ।
स्रोत/अन्नपूर्ण पोस्टबाट /प्रस्तुति : राजकुमार दिक्पाल
Powered by Blogger.