Header Ads

यस्तो छ चिनिया बारमा नेपाली चेलीहरुको अवस्था, पत्याउनै गाह्रो

काठमाडौ, फागुन १७ । बाहिर सडक र गल्लीहरुमा जमेको ३ फिट हिँउ पग्लिने कुनैछाँट छैन । पुष महिनाकाे मुटु छेड्ने चिसोमा चीनको स्वशासित क्षेत्र तिब्बतको केरुङ शहर झनझन् कठ्याग्रिदै थियो ।

रातको ११ बजेको हुदोँ हो । रंगीबिरंगी मधुरो प्रकाश र चर्को ध्वनीले बारमा डिस्कोथेकको झल्को दिन्थ्यो । ५ जना नेपाली युवती तिब्बती र चिनियाँ ग्राहकसँग मस्कीमस्की नाच्दै थिए ।

उनीहरु अर्धनग्न अवस्थामा थिए । नेपालबाट गएका ठूलावडा भनिनेहरु पनि यी बारका गतिला ग्राहक रहेछन् ।

जतिजति रात छिप्पिदैँ गयो, उति नै वातावरण उत्तेजित हुँदै गएको थियो । बिहान ५ नबज्दै डान्स फ्लोरबाट युवतीहरु हराउँदै गएँ ।
Powered by Blogger.