विदेशमा रहेको लोग्नेसँग फोनमा झगडा भएपछि ९ वर्षीय छोराको घाँटी थिचेर हत्या, श्रीमानलाई पनि हत्या गर्ने धम्कि
.jpg)
प्रहरी निरीक्षक हरी बरुवालका अनुसार नवलपरासीको तम्सरीया स्थित बसन्तपुरकी जमुना जिसी (३१ बर्ष) ले छोरा प्रजितको घाँटीमा शललें थिचेर हत्या गरेकी हुन । छोराको हत्यापछि आफूले पंखामा झुण्डिएर आत्महत्या गर्न गरेको प्रयास सफल हुन सकेन् । शल चुडिएर बचेकी हुन ।
शुक्रवार दिउँसो उनले घरमै छोराको हत्या गरेकी हुन । छिमेकमा भएको बिहेमा जान साथीहरु घरमा आएर बोलाउदा नबोलेर उनि छटपटिएको अबस्थामा भेटिएको छिमेकिहरुको भनाई छ । उनको प्रहरी निगरानीमा उपचार भैरहेको छ । श्रीमान प्रकाश भारतिय सेनामा कार्यरत छन ।
उनकी छोरी छन । अनुसन्धानमा खटिएका बरुवालका अनुसार घटना अघि उनले श्रीमानसंगको टेलिफोनमा निकैबेर बोलेको (झगडा गरेको आसंका) भेटिएको छ । प्रहरीसंग उनले श्रीमानलाई पनि हत्या गर्ने धम्कि दिएकी छन् ।
