जनताको अधिकारको लागि मर्न तयार छु, झुक्न तयार छैनः प्रचण्ड (जनसभापछि सत्तापक्षले के गर्छ हेर्न बाँकी छ)
काठमाडौं, फागुन १६ । एमाओवादी अध्यक्ष प्रचण्डले जनताको अधिकार प्राप्त गर्नका लागि आफू मर्न तयार रहेको बताउँदै कुनै पनि हालतमा नझुक्ने बताएका छन् । ३० दलीय मोर्चाले राजधानीको खुल्लामञ्चमा आयोजना गरेको जनसभामा बोल्दै प्रचण्डले कांग्रेस–एमालेमाथि माथि विश्वास गरेर सम्झौता गर्नु नै मेरो गल्ति भएको बताए ।
उनले ‘गिरीजाप्रसाद कोइरालासँग अन्तर्रग संवाद हुन्थ्यो । उनले बुझेरै हिजो विभिन्न सम्झौताहरु भए । तर, उहाँको अन्त्यसँगै जुन शान्ति सम्झौता पालन नगर्ने काँग्रेस र एमालेले दुष्हास गरेका छन्,’ उनले भने । सम्झौताहरु पालना नगरिए त्योे ठूलो भूल हुने चेतावनी समेत दिए ।
कांग्रेस एमाले एउटै पार्टी
प्रचण्डले नेकपा एमाले कांग्रेसको एजेण्डामा विलिन भएको भन्दै काँग्रेस र एमाले दुईटा पार्टी नभएर एउटै भएको जिकिर गरे । ‘एमाले पार्टी नेपालमा चाहिने पार्टी नै होइन । काँग्रेसमा विलिन भए हुन्छ,’ उनले भने, ‘एमालेमा रहेका केही बुद्धिजिविहरु छन् भने एक चोटी दिमाग खियाएर हेर्नुस् । काँग्रेसको एजेण्डामा आत्मसम्र्पण गरेका छन् ।’ उनले एउटा एजेण्डा लिएर भोट मागेर एमाले काँग्रेसको एजेण्डामा झुकेको टिप्पणी गरे ।
भ्रष्ट सरकार
उनले अहिलेको सरकारले सबैभन्दा बढी भ्रष्टाचार गरेको आरोप लगाएका छन् । ‘अहिलेको जस्तो भ्रष्टाचार कहिले भएको छैन भने प्रधानमन्त्रीले नै भनेका छन् । ग्यासको हाहाकार छ अझै टुगेंको छैन । ग्याँस छ तर उपभोक्ताले पाउँदैनन्, यो भन्दा सरकारको नलायक हुनसक्छ ?,’ प्रचण्डले भने । उनले सेवा केन्द्र राख्ने नाममा सरकारले जनतालाई लडाउन खोजेको बताए । ‘ प्रत्येक निर्वाचन क्षेत्रमा सेवा केन्द्र बनाउने कुरा मैले ल्याएको थिए । तर उनीहरु एक ठाउँमा दिएर अर्को ठाउँमा नदिँदा जनता र जनताबीच लडाउने काम उनीहरुले गरेका छन् । प्रत्येक निर्वाचन क्षेत्रमा सेवा केन्द्र हुनुपर्छ,’ उनले भने । प्रचण्डले बारामा भएको बालिका बलात्कार भएको प्रशंग उल्लेख गर्दै बलात्कार गर्ने र हत्या गर्नेहरुलाई फाँसी दिनु पर्ने माग गरे । उनले अपराधीलाई फाँसीमा लट्काएपछि मात्र त्यस्ता अपराध कम हुने बताए ।’
कोइरालाले भ्रष्ट मन्त्रीहरुलाई कारबाही गर्न वा राजीनामा दिन प्रधानमन्त्री सुशील कोइरालालाई माग गरे ।
कोइरालाले भ्रष्ट मन्त्रीहरुलाई कारबाही गर्न वा राजीनामा दिन प्रधानमन्त्री सुशील कोइरालालाई माग गरे ।
शान्तिपूर्ण आन्दोलनमा दमन
प्रचण्डले सरकारले व्यवस्थित सभामा लाठी प्रहार र आश्रु ग्यास प्रहार गरेको भन्दै त्यसको घोर भत्र्सना गरेका छन् । ‘शान्तिपूर्ण आनदोलनलाई सहनै नसक्ने सरकारको यो बर्बरतालाई सहेर आउनु भयो त्यसका लागि धन्यवाद,’ उनले भने, ‘सरकारले कायरता प्रदर्शन गर्यो ।’
एकात्मक सोँच
प्रचण्डले कांग्रेस एमालेमा एकात्मक सामन्ति सोच रहेकाले मधेशीलाई देख्ने वित्तिकै नेपाली नठान्ने बताए । अधिकार माग्ने मधेशीलाई सत्रुको व्यवहार गर्ने र देश टुक्राउने बताउने भन्दै प्रचण्डले ‘अधिकार माग्नु भनेको देश टुक्र्याउनु हो ?’ भन्दै प्रश्न गरे ।
उनले अधिकार दिएपछि राष्ट्रिय एकता झन् बलियो हुने जिकिर गरे । ‘काँग्रेस र एमालेले मधेशीको छुटै प्रदेश बनाउन खोजेका छन् भने पहाडिको लागि छुटै प्रदेश बनाउन चाहेका छन् । हामीले सबै समुदायको मिसिएको राज्य बनाउन चाहेका छौ । मधेशबाट अलग गर्न झापा, मोरग र सुनसरी अलग गर्नु भनेको पहाडलाई मधेशबाट हटाउनु हो,’ प्रचण्डले भने ।
खबरदारी सभा हो, सहमतिमा संविधान बनाउ
उनले आजको सभालाई खबरदारी सभाको संज्ञा दिँदै अधिकार नदिए यो विद्रोहसभामा परिणत हुने बताए । ‘धेरैले प्रचण्ड बदनाम भएका छन् । मधेशवादी फुटेका छन् । आदिवासी लाटा छन् । २२ दलको आन्दोलनलाई २२ जना छैन अन्तरराष्ट्रिय मिडिया भनेका थिए,’ उनले भने, ‘हेप्ने सीमा हुन्छ । आज मेडियाले के लेख्छ त्यो भरे हेर्ने र सुन्ने मन लागेको छ ।’
सविधानसभा काँग्रेस र एमालेको पेवा नभएको बताउँदै सविधानसभा क्रान्तिबाट आएको बताए । ‘उनले अब खेलाची गरे र आगोसँग खेले भष्म हुने बताए,’ प्रचण्डले भने ।
प्रचण्डले आफूहरुले संविधानसभाबाट सहमतिबाट सविधान बनाउन चाहेको बताउँदै अझै समय छदै बहमतीय प्रकृया खारिज गरी संवाद समितिको प्रकृयाबाट सहमतिबाट सविधान निर्माण गर्न आग्रह गरे । उनले राष्ट्रघाती कदम नसच्याए शक्ति हेर्न तयार हुन चेतावनी दिए ।
‘आजको जनसभाबाट सत्ताधारी दल कस्तो निर्णय गर्दैछ त्यो भोली र पर्सी हेर्छौ, उनले भने, ‘ फेरि जवर्जस्ती जाने हो भने खबरदारी सभा हुने छैन । सविधानसभालाई अपहरण हुनबाट रोक्नै पर्छ । तपाईहरु तुरुन्तै गल्ति सच्याउनुस् । अझै पनि बल तपाईको कोर्टमा छ ।’
