Header Ads

बलात्कारीलाई फाँसी दिने कानुन बनाउनु पर्छ : प्रचण्ड

काठमाडौं । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बलात्कारीलाई फाँसी दिने कानुन बनाउने पक्षमा आफू रहेको बताएका छन् ।

एमाओवादी मोर्चाले शनिबार खुलामञ्चमा गरेका कार्यक्रममा बोल्दै बारामा भएको सात वर्षीय  बालिकाका बलात्कारीलाई सरकारले कारबाही गर्न नसकेको आरोप लगाउँदै त्यस्ता बलात्कारीलाई फाँसी दिनु पर्ने बताएका हुन् ।

अहिलेको सरकार इतिहासकै सबैभन्दा भ्रष्ट भएको स्वयं प्रधानमन्त्रीले नै स्वीकारी सकेको भन्दै यो भन्दा निर्लज्जता अरु नहुने बताएका छन् । प्रचण्डले सरकार अराजकत, बेथिति र भ्रष्टचार रोक्न पूरै असफल भएको आरोप समेत लगाए ।
Powered by Blogger.