Header Ads

झन फैलिँदै हुन्डीको जालो ! हुन्डीमार्फत नै स्विस बैंकमा पैसा पुगेको हुन सक्ने सम्भावना

काठमाडौं, फागुन १६ । स्विट्जरल्यान्डको एचएसबिसी बैंकमा रहेको आठ नेपालीको साँढे पाँच अर्ब रुपैयाँको विषयमा खोजबिन सुरु भएको छ ।

स्विस बैंकसम्म कसरी पुग्यो त्यति धेरै रकम ? हुन्डीमार्फत विदेशमा पैसा जाने गरेको र यसको जालो फस्टाउँदै गएको राष्ट्र बैंकका एक उच्च अधिकारीले बताए ।

‘झोलामा बोकेर पैसा लैजान कानुनले दिँदैन,’ राष्ट्र बैंकका एक उच्च अधिकारीले भने, ‘हुन्डीबाट नै त्यसरी पैसा विदेश पुग्ने गरेको छ ।’ विदेशमा खाता खोल्न राष्ट्र बैंकको स्वीकृति चाहिन्छ ।

कानुनी बाटोबाट विदेशमा पैसा लैजान स्रोत खुलाउनुपर्छ । स्विस बैंकमा खाता खोल्न कसैले अनुमति नलिएको राष्ट्र बैंकले जनाएको छ । नेपालबाट सिधै पैसा बोकेर विदेशमा लैजाने सम्भावना हुँदैन् ।

तर, विदेशमा नेपालीले हुन्डीमार्फत अवैध तरिकाबाट पैसा लगेर व्यापार गर्दै आएको प्रहरी स्रोतको भनाई छ । व्यापारीहरुले सामान आयात गर्दा हुन्डीमार्फत पैसा उठाएर न्यून बिजकीकरण गरी सामान ल्याउनेसमेत गरेका छन् ।

 नेपालीहरु विश्वका विभिन्न देशमा पुगेसँगै हुन्डीको कारोबार बढेको र यसले अर्थतन्त्रमा नकरात्मक प्रभाव पारेको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छापेको छ ।
Powered by Blogger.