Header Ads

पोखरामा दुर्व्‍यवसनको दलदल : आमा अर्कै पुरुषसँग निर्वस्त्र देखेपछी मनभित्रको पीडा बिर्सन दुर्व्‍यवसन रोजे

विद्यार्थी, प्राध्यापक, चिकित्सक, कर्मचारी, औषधि व्यापारी, गाविससचिव र स्वास्थ्यकर्मी पनि लागूपदार्थको कुलतमा फसेको पाइएको छ। 
 पोखरा । विद्यालयबाट घर फर्कंदा पोखरा बैदामका सुदीपले आमा र 'धर्म मामा' लाई बेडरुममा निर्वस्त्र देखे। बुबा परदेश गएका बेला आमाले अर्कै पुरुषसँग अनैतिक सम्बन्ध राखेको देखेपछि विरक्तिएका उनले मनभित्रको चोट र पीडा बिर्सन दुर्व्‍यवसन रोजे। पोखरा हिमाली टोलकी रुचिको आफ्नो रेस्टुरेन्टमा आउने एक ग्राहकसँग प्रेम बस्यो। प्रेमीले मायासँगै अनेक उपहार दिएपछि उनले तनमन सुम्पिदिइन्। प्रेमीले धोका दिएपछि घाइते बनेकी उनले चोट भुल्न लागूपदार्थको सहारा लिइन्। बुटवलकी अञ्जनाले परिवारको विरोध हुँदाहुँदै छिमेकको एक केटासँग भागेर अन्तरजातीय विवाह गरिन्।

सुखद संसारको कल्पना बुनेकी उनको जीवनसाथी दुर्व्‍यवसन रहेछ। लोग्नेलाई समाल्न खोज्दा दिनहुँ हुने झगडाले निरास बनेपछि उनी आफैं दुर्व्‍यवसनी बनिन्। नसामा डुबेर आफू र परिवेशलाई बिर्सन खोज्ने यस्ता युवा पोखरामा हजारौं छन्। केहीलाई परिवारको सहयोगमा सुधारका लागि पुनस्र्थापना केन्द्रमा राखिएको छ। धेरैजसो घरपरिवार र समाजमा अपहेलित भएर जीवन बर्बाद पारिरहेका छन्। पोखराका विभिन्न लागूपदार्थ पुनस्र्थापना केन्द्रमा उपचार गराइरहेका युवा अनेक पीडा र परिवेशले दुर्व्‍यवसनको कुलतमा फसेको बताउँछन्। 'घरनजिकै काम गर्न बसेको मान्छे ममीलाई दिदी र हामीलाई भान्जा भन्दै आइरहन्थ्यो', पोखराको एक उपचार केन्द्रमा राखिएका २१ वर्षीय सुदीपले भने, 'एक दिन त्यो मान्छे र ममीको नराम्रो काम देखेर मेरो मनमा ठूलो चोट पर्‍यो। त्यसलाई भुल्न लागूपदार्थ खाँदा आफैं बर्बाद भएँ।' चुरोट र रक्सीबाट सुरु भएको कुलत चरेस र ब्राउनसुगरसम्म पुगेको उनले बताए।

 भर्खर १८ वर्षमा टेकेकी रुचि कसैले माया गरेर नजिक हुन खोज्यो भने रिसले चुर हुन्छिन्। स्वार्थका लागि मानिसले मायाको नाटक गर्ने उनको बुझाइ छ। 'मलाई रिसाएर गाली गरेको मनपर्छ', उनले भनिन्, 'तर माया गरेको देख्दा साह्रै रिस उठ्छ। प्राध्यापक, चिकित्सक, कर्मचारी, औषधि व्यापारी, गाविससचिव र स्वास्थ्यकर्मी पनि लागूपदार्थको कुलतमा फसेको पाइएको छ। मायाको नाटक गरेर मेरो जीवन बर्बाद पारेको म कहिल्यै बिर्सन सक्दिनँ।' नौ महिना उपचार गरेर घर गएको एक सातामै फेरि केन्द्रमै आएकी उनले भनिन्, 'यहाँ बसुन्जेल छाड्न सक्छुजस्तो लाग्छ तर घर पुगेपछि त्यही कुराले झस्काउँछ। कतिखेर मन बदलिन्छ, आफैंलाई थाहा हुँदैन।' साथीहरूको संगत, पारिवारिक झगडा, प्रेममा धोका, असफलता, मनोरञ्जन, कौतूहललगायत कारणले युवकयुवती लागूपदार्थको दुव्र्यसनमा फसेका छन्।

 धेरैजसो स्कुलमा पढ्दै गर्दा साथीहरूको खराब संगत, प्रेममा धोका र असफलताले कुलतमा लाग्ने गरेको लागूपदार्थविरुद्ध कार्यरत संस्था नौलो घुम्तीले जनाएको छ। 'आठ कक्षामा पढ्दादेखि साथीहरूको संगतले चुरोटबाट सुरु भएको कुलत बढ्दै जाँदा ब्राउनसुगरसम्म पुगेको पायौं', संस्थाका प्रशासकीय अधिकृत नारायणप्रसाद पौडेलले भने, 'पछिल्लो समय वैदेशिक रोजगारमा गएका परिवारका सदस्य पनि दुर्व्‍यवसनमा फस्दै गएका छन्।' १० महिलासहित ४० जना क्षमताको यो उपचार केन्द्र प्राय: भरिभराउ हुने उनले बताए। पोखराका सातवटा उपचार केन्द्रमा ८० प्रतिशत १८ देखि ३५ वर्ष उमेरका दुव्यर्सनी छन्। तीमध्ये युवक बढी छन्। आठ वर्षका बालकदेखि ६५ वर्षका वृद्ध पनि उपचार गराउनेमा छन्।

केन्द्रहरूले मासिक १२ हजार रुपैयाँसम्म शुल्क लिने गरेका छन्। लागूपदार्थका दुर्व्‍यवसनी तीन महिना उपचारपछि निको हुने भए पनि धेरैजसो पारिवारिक र सामाजिक अपहेलनाले दुर्व्‍यवसनमा फर्किने गरेको पौडेलले बताए। 'समाजका प्रतिष्ठित पेसाकर्मी र व्यवसायी पनि दुर्व्‍यवसनमा फस्ने क्रम बढ्दो छ', पौडेलले भने, 'डाक्टर, प्राध्यापक र कर्मचारीसमेत उपचारका लागि हामीकहाँ आउन थालेका छन्। महत्त्वाकांक्षा पाल्ने र असफल भएपछि भुल्न उनीहरूले लागूपदार्थ लिएको पाइयो। दुव्र्यसनीहरूले रक्सी, चुरोटदेखि गाँजा, चरेस, ब्राउनसुगर, नाइट्रोसन, नाइट्रोभ्याट, स्टारगन इन्जेक्सन, फेनरागन, नर्फिन, डाइजापामलगायत लागूपदार्थ प्रयोग गरेको पाइएको छ। मुखबाट, सुँघेर र नसाबाट लिने लागूपदार्थका दुर्व्‍यवसन बढेका छन्।

नसाबाट लागूपदार्थ लिनेहरूमा छाला, यौनजन्य रोग र एचआईभी संक्रमण देखिएको पौडेलले बताए। दुव्र्यसनीहरू एकान्तमा बस्न, कोठा र ट्वाइलेटमा लामो समय बिताउन रुचाउँछन्। लागूपदार्थ खाने खर्च जुटाउन धेरैजसोले घरमा बढी रकम माग्ने, चोरी गर्ने, ढाँट्ने, छल्ने, घरका सामान बेच्नेलगायत गतिविधि गर्छन्। 'हामी दुवैले ब्राउनसुगर खान थालेपछि खर्च नपुगेर गहना, टीभी र भाँडाकुँडा बेच्यौं', बुटवलकी अञ्जनाले भनिन्, 'सबै सकिएपछि माइतीघरमा मागेर सताउन थालें।
Powered by Blogger.