Header Ads

छोरीको बिहेबारे गलत समाचार आएको भन्दै लोकमान यसरि आक्रोशित भएपछी

काठमाडौं । आफ्नी छोरीको बिहेबारे कुरै नबुझी ‘जथाभावी’ समाचार लेखेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख लोकमानसिंह कार्की सञ्चार माध्यमसँग आक्रोशित बनेका छन् ।

कार्कीले अख्तियार कार्यालय र परिसरसमेत प्रयोग गरी छोरी अन्माएको समाचार सबै सञ्चार माध्यमले प्रमुखताका साथ प्रकाशन÷प्रसारण गरेका थिए । लोकमानले छोरी अध्याको बिहीबार टंगालस्थित अख्तियार कार्यालयबाटै पूर्वराजा ज्ञानेन्द्रका साथीसमेत रहेका व्यापारी रोहिणी थपलियाका छोरा शुभाषिससँग गराएका थिए ।

श्रोतका अनुसार लोकमानले अख्तियार परिसरमै आफ्ना लागि सरकारले उपलब्ध गराएको सुविधाको निवासबाट छोरीको बिहे गराए पनि सञ्चार माध्यमले विरुद्धमा समाचार लेखेको भन्दै आक्रोश पोखेका छन् ।

‘मेरो निवास नै अख्तियारभित्र छ’, लोकमानको भनाइ उद्धृत गर्दै उनीनिकट श्रोतले काठमाण्डु टुडेसँग भन्यो, ‘होटल र पार्टी प्यालेसबाट भन्दा आफ्नै निवासबाट बिहे गराएकामा सकारात्मक समाचार आउनुपर्नेमा उल्टो प्रचार भयो ।’ लोकमान अख्तियारभित्रै रहेको निवासमा बस्दै आएका छन् ।

उनको निजी निवास भने बानेश्वरमा छ । अख्तियार प्रमुखमा नियुक्त भएदेखि नै लोकमानले सञ्चार माध्यमप्रति अनुदार व्यवहार प्रदर्शन गर्दै आएका छन् ।

उनको नियुक्तिको चर्चा चलेदेखि नै विपक्षमा उभिएको मुलुधारको नेपाली मिडियाले पनि लोकमानलाई खेदेको खेद्यै छ ।
Powered by Blogger.