Header Ads

पूर्वराजा ज्ञानेन्द्रले जनताको विरासतको रुपमा छाड्नुभएको सम्पत्ति श्रीपेच सरकारले देखाउने आँट गरेनन्

नारायणहिटी संग्रहालयमा ६ वर्षको कमाइ १५ करोड ! 
काठमाडौं, फागुन १६ । आज फागुन १६ गते शनिबार पूर्वराजाको बासस्थानका रुपमा रहेको नारायणहिटी संग्रहालय खुला भएको ६ वर्ष पूरा भएको छ । तैपनि संग्रहालय अवलोकन गर्न आउने अधिकाशंको अनुत्तरित प्रश्न सधैं आइरहेको छ ।

नारायणहिटी संग्रहालयमा राखिएको आगन्तुक पुस्तिकामा श्रीपेच हेर्न पाइएन, दरबार हत्याकाण्ड भएको स्थान त्रिभुवन सदनको विलियार्ड बैठक जस्ताको तस्तै बन्नुपर्ने र श्रीसदन हेर्न पाउनुपर्ने जस्ता प्रश्नको चाङ लागिरहेका छन् । संग्रहालय खुलेको ६ वर्ष बितिसक्दा पनि पूर्वराजा ज्ञानेन्द्रले जनताको विरासतको रुपमा छाड्नुभएको सम्पत्ति श्रीपेच सरकारले देखाउने आँट गर्न सकेको छैन् ।

एक वर्षअघि बुलेटप्रुफ सिसाभित्र राखएको श्रीपेच र राजदण्ड हेर्न लालयित भएका जनता निराश हुने गरेका छन् । सबैको एउटै प्रश्न छ–संग्रहालय खोलेपछि पूर्वराजाको सबै सामग्री हेर्न पाउनसपर्छ । नारायणहिटी संग्रहालय सर्वसाधरणको लागि खुला भएको सात वर्ष लागेको हवस्थामा अस्ति बिहीबारसम्म पौने १९ लाख स्वदेशी र विदेशीले अवलोकन गरिसकेका छन् ।

सबैभन्दा बढी सर्वसाधरण नेपाली रहेका छन् । त्यसपछि नेपाली विद्यार्थी रहेका छन् । संग्रहालयले दिएको तथ्यांकअनुसार ८ लाख ८७ हजार ७२ र्विसाधरण, ८ लाख ३३ हजार ९ सय ४८ नेपाली विद्यार्थी रहेका छन् । चीन र सार्क मुलुकका १ लाख ९ हजार २ सय ८९ र अन्य मुलुकका ४३ ५ सय ८६ जना रहेका छन् । सबै अवलोकनकर्ताबाट १५ करोड ५४ लाख, ९५ हजार ६ सय ६५ रुपैयाँ राजस्व संकलन भएको छ ।

आजको नेपाल समाचारपत्र दैनिक लेख्छ– संग्रहालयल अवलोकन गर्न टिकटबापत विद्यार्थीले २०, सर्वसाधरणले १ सय, सार्क र चिनियाँ नागरिकले २ सय ५० र अन्य मुलुकका लागरिकले ५ सय रुपैयाँ तिर्नुपर्ने व्यवस्था छ । तथ्याकंअनुसार हालसम्म सबैभन्दा बढि २०७० सालमा सर्वसाधरण र अन्यले अवलोकन गरेका थिए ।
Powered by Blogger.