आज ३३ औं मगर दिवस यसरी मनाइँदैछ

२०३९ साल फागुन १५ गते नेपाल लाङघालि परिवार संघको प्रथम अधिबेसन सम्पन्न भएको सम्झनामा मनाउन थालिएको लाङघालि दिवस को दिनलाई नै २०४० सालबाट नेपाल मगर संघ तथा अन्य मगर समुदायसम्बन्धी संघसंस्थाहरुले “मगर दिवस“ को रुपमा मनाउ“दै आएका छन् ।
दिवसको अवसरमा आज काठमाडौमा अन्तर्राष्ट्रिय मगर सम्मेलन हुँदैछ भने नवलपरासीसहित देशविदेशमा समेत बिभिन्न कार्यक्रम आयोजना गरिदैछ ।
विशेष गरी दिवसको अवसरमा यस समुदायले शुभकामना आदन प्रदान गर्ने गर्दछन् ।
