Header Ads

पैसा नदिएको निहुँमा खुकुरी प्रहार गरी श्रीमतिको हत्या

गौरव पोखरेल, झापा । झापा कनकाई नगरपालिका–२ का एक व्यक्तिले सोमबार राती खुकुरी प्रहार गरी श्रीमतिको हत्या गरेका छन् ।

नगरस्थित सुकेडाँगीका स्थानीय रविन्द्र ठटालले पैसा नदिएको भन्दै आवेशमा आएर श्रीमती फूलमाया ठटालको हत्या गरेका हुन् ।

टाउकोमा खुकुरी प्रहार गरी ठटालले श्रीमतीको हत्या गरेको प्रहरीले जनाएको छ । हत्यापछि भाग्ने प्रयास गरेका ठटाललाई स्थानीय गाउँलेले पक्रेर प्रहरीलाई बुझाएका थिए ।

ठटालकी कान्छी श्रीमती फूलमायासँगै सुतेकी पाँच वर्षिया छोरी राधिकाले नजिकैको फुपूको घरमा गएर खबर गरेपछि जम्मा भएका गाउँलेले ठटाललाई नियन्त्रणमा लिइ प्रहरी समक्ष बुझाएका थिए ।

पक्राउ परेका ठटालले पैसा नदिएको निहुँमा आवेशमा आएर श्रीमती माथि खुकुरी प्रहार गरेको प्रहरी समक्ष स्वीकारी सकेका छन् ।
Powered by Blogger.