दक्षिण कोरियामा १५ वर्ष देखि कार्यरत एक नेपालीको मृत्यु
कोरिया । दक्षिण कोरियाको सुवनमा पदम गुरुङको निधन भएको छ। मृगौला रोगका विरामी गुरुङको सुवन स्थित आजु अस्पतालमा सोमबार राती मृत्यु भएको हो । गुरुङ १५ वर्ष देखि कोरियामा काम गर्दै आएका थिए । ४५ वर्षीय गुरुङ उच्च रक्तचापबाट समेत पिडित थिए।
सोमबार स्वास्थ्यमा समस्या देखिएपछि अकस्मात एम्बुलेन्सबाट अस्पताल लगिएको थियो। अवैधानिकरुपमा बसेर काम गरिरहेका गुरुङका दुई छोरा रहेका छन्। दक्षिण कोरिया स्थित नेपाली दुतावासका श्रम सहचारी अनिल गुरुङले उनको मृत्यु भएको जानकारी पाएको बताएका छन।
तर औपचारिक रुपमा कोरियाको अस्पताल तथा प्रहरी रिपोर्ट आएपछि नेपालमा उनको आफन्तलाई जानकारी पठाउने उनले बताए।