Header Ads

एयरपोर्टमै चोरी आतंक, कार्यलय असुरक्षित भएको भन्दै सरकारसँग गुहार

काठमाडौं । कहिले गँजडीले बार काटेर धावनमार्गतिर छिर्ने, त कहिले नेपाल वायुसेवाको करोडौं मूल्यका पांग्रा र किटबक्स उछिट्टएिर दिल्ली पुग्ने, कहिले नेकोन एयर अस्तित्वमा रहँदा आरएनएसीकै ककपिटबाट सामान झिकिने, कहिले श्री एयरलाइन्सको हेलिकोप्टरबाट २ हजार लिटर तेल चोरिने त कहिले आयल निगमको डिपोबाटै हवाई इन्धन निकालिने ।

नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा-व्यवस्थामा भ्वाङ पर्दाको कथा हो यो । यसै क्रममा सार्क सम्मेलन सकिएलगत्तै मंसिर १४ गते आइतबार दुर्गम जिल्लामा कार्गो सप्लाई गर्ने सिंगल इन्जिन जहाजवाला गोामा एयरले आफ्नो कार्यालय असुरक्षित रहेको भन्दै सरकार गुहारेको छ ।

गोमा एयरका प्रबन्धक रञ्जन भट्टराईले एयरलाइन्सको टुल हाउस सुरक्षाको याचना गर्दै लेखेको पत्रमा भनिएको छ-‘त्रिवि विमानस्थलस्थित आन्तरिक जहाज पार्किङ एरियाको पूर्वतर्फ रहेको इक्विपमेन्ट यार्डस्थित यस एयरलाइन्सको टुल हाउसको मिति २०७१/०८/०९ गते बिहान ताला तथा ढोकाहरु फोड्ने कोसिस गरि विगारिएको अवस्थामा पाइएको हुँदा आवश्यक सुरक्षा तथा कारबाहीको लागि अनुरोध गरेको जनआस्था साप्ताहिकमा खबर छ ।
भिडियो हेर्न तस्बिर मुनि क्लिक गर्नुहोला !
Powered by Blogger.